मंगलबार बिहानै हजुरआमा, बुबा, भाइ, बुहारी, काकाकाकी, छोरा र छोरी गरी १२ जनाको परिवार लिएर बेथानचोक–५ च्याल्टीस्थित को छेवर (व्रतबन्धमा पुगेका थिए ।
बा ३ ख ४३८५ नम्बरको रिजर्भ बसमा उनीसहित ३९ आफन्ती थिए । शुभकार्यमा पुगेका उनीहरू सबै सकुशल फर्किन सकेनन् ।तामाङ समुदायमा संस्कारअनुसार छेवरपश्चात् उनको परिवारले उनलाई मामाघर साथै हिँडाए । साँझ बस बनेपाका लागि हिँडे पनि आइपुग्न सकेन ।
बेथान्चोक–४ गणेस्थान नजिकै मूल सडकमा पल्टियो । अर्को सवारीलाई साइड दिन खोज्दा बस पल्टिएको प्रहरीले जनाएको छ ।बस पल्टिएपछिको आवाजले गणेस्थानका स्थानीयवासी नै त्रसित भएको स्थानीय डिकमान लामाले बताए ।
ठूलो आवाज आएपछि वरपर हेर्दै जाँदा मानिसहरू रोएको, कराएको सुनिन थाल्यो लामाले भने, ‘बस पल्टिएको रहेछ, स्थानीय सबै जुट्यौं, प्रहरीलाई खबर गर्यौं, उद्धार गर्यौं ।’ डिकमानले बस तीव्र गतिमा आएको र ब्रेक लगाउन नसक्दा ठूलो क्षति भएको हुन सक्ने बताए ।
दुर्घटनामा १७ को मृत्यु भयो, २२ घाइते भए । एकै परिवारका ८ जना सदस्यको मृ,त्यु भएको छ । जसमा अधिकांश राजनको परिवारका छन् । राजनको भने धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा उनको परिवारका ७९ वर्षीया हजुरआमा निर्मलामाया, ५५ वर्षीय बुबा कुमार, २८ वर्षीया श्रीमती मन्जु, ११ वर्षीय छोरा पुष्कर, ३० वर्षीय भाइ बुद्ध, २७ वर्षीय बुहारी कोपिला, ५० वर्षीय काका आकुर र ४३ वर्षीया काकी हेमाको मृत्यु भएको बनेपा–११ का वडाध्यक्ष शिवकुमार थापाले जानकारी दिए ।
राजनका भान्जा १३ वर्षीय योगेशको भने बालमैत्री अस्पताल उपचार भइरहेको छ । वडाध्यक्ष थापाका अनुसार राजनका कान्छो काका, काकी, भतिजीको पनि अहिले उपचार चलिरहेको छ । ‘परिवारका अधिकांश सदस्यको दुर्घटनामा परी मृ,त्यु भएको छ,’ उनले भने, ‘शव जिम्मा लिनेसमेत छैनन्, राजनका दुई भाइ विदेशमा छन्, उनीहरू आएपछि मात्रै शव लिने कुरा भएको छ ,
दु:र्घटनामा मृ,त्यु भएकाहरूको सबै सनाखत भइसकेको र शव परिवारलाई जिम्मा लगाइसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । उनका अनुसार, दुर्घटनामा परी १७ जना मृत्यु भएकामध्ये बुधबार ९ वटा शव मात्रै परिवारले जिम्मा लिएको छ ।
दुर्घटनामा ललितपुर जिल्ला महांकाल–६ बस्ने वर्ष २२ को तेजप्रसाद तिमल्सिना (चालक), बेथानचोक–४ बस्ने वर्ष १९ को रविन तामाङ, बनेपा–११ बस्ने वर्ष ७९ की निर्मला तामाङ, बनेपा–११ बस्ने वर्ष २८ की मन्जु तामाङ, तेमाल–८ बस्ने वर्ष २९ की टीकालक्ष्मी तामाङ, तेमाल–८ बस्ने वर्ष ९ का गुरुलक्ष्मण दास तामाङ, इन्द्रसरोवर–१ बस्ने वर्ष ६ की समीक्षा थिङ, मण्डनदेउपुर–१ बस्ने वर्ष ४१ की चेलीमाया तामाङ, बनेपा–१४ बस्ने वर्ष ४२ को रामकुमार तामाङ, काभ्रे जिल्ला बनेपा–१४ बस्ने वर्ष २८ की गीता श्रेष्ठ, बेथानचोक–५ बस्ने वर्ष २४ की मन्जु तामाङको मृत्यु भएको छ ।
पनौती कुशादेवीका ३८ वर्षीय कालु तामाङ, बनेपा–११ का २२ वर्षीय राजकुमार तामाङ, बेथानचोककी ३३ वर्षीया नीरुमाया तामाङ, बनेपाका ३९ वर्षीय पेमा तामाङ, बनेपाकै २० वर्षीय सन्तबहादुर तामाङ, ३२ वर्षीय राजन तामाङ, २२ वर्षीय रेशम तामाङ, १९ वर्षीय विशाल तामाङ, ३७ वर्षीय रवि तामाङ, ३२ वर्षीय विकास तामाङ, २०
वर्षीय रूपक तामाङ, १९ वर्षीय निर्मल तामाङ, ४१ वर्षीय कविता तामाङ, पनौती–४ घर भएका सहचालक २८ वर्षीय सन्तोष चौलागाईं, बनेपा–११ घर भएका २९ वर्षीय देवराज तामाङ, बनेपा–११ कै ६ वर्षीया श्रोता तामाङ, बेथानचोक–५ का ३३ वर्षीय विजय वाइबाको जिल्लास्थित शिर मेमोरियल र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै बनेपाका २७ वर्षीय हिरामान तामाङको भक्तपुरस्थित मध्यपुर ठिमी अस्पताल, मकवानपुर कुलेखानीकी २६ वर्षीया डोल्मा तामाङको काठमाडौंस्थित वीर अस्पतालको ट्रमा सेन्टर, अन्दाजी ३ वर्षीय बालकको काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पताल, बनेपा–११ का ५ वर्षीय रेन्जेन तामाङको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।