• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२६ माघ २०८२, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

६ दिन अघि
२

आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

१ हफ्ता अघि
३

पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

१ हफ्ता अघि
४

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

१ हफ्ता अघि
६

ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

१ हफ्ता अघि
७

आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

१ हफ्ता अघि
८

नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

१ हफ्ता अघि
९

नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

१ हफ्ता अघि
१०

रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

२ हफ्ता अघि
११

बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

२ हफ्ता अघि
१२

जुगल गाउँ पालिकाले उपाधि चुम्यो, खेलमा हार–जीत स्वाभाविक पक्ष, अनुशासन र भाइचाराको सधैं जित होस् : नगरप्रमुख तामाङ

२ हफ्ता अघि

धेरै पढिएका

  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

    ६ दिन अघि
  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

    १ हफ्ता अघि
  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

    १ हफ्ता अघि
  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

    १ हफ्ता अघि
  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

    १ हफ्ता अघि
  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

    १ हफ्ता अघि
  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

    १ हफ्ता अघि
  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

    १ हफ्ता अघि
  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

    २ हफ्ता अघि
  • पोखरामा सहकारी पीडित र रास्वपाका नेता-कार्यकर्ता आमने–सामने हुँदा यस्तो सम्म भयो

    CB Nepal१ साल अघि

    काठमाण्डौ,५ कार्तिक । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ । पोखरामा सहकारी पीडित र रास्वपाका नेता-कार्यकर्ता आमने–सामने हुनसक्ने भएकाले सुरक्षा व्यवस्था चुस्त बनाइएको छ ।

    रास्वपाका कार्यकर्ता र सहकारी बचतकर्ता आमने–सामने हुँदा सुरक्षा चुनौति नबढोस् भनेर विशेष ध्यान दिइएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए । रविलाई आज अदालतमा उपस्थित गराइने भएपछि विरोध तथा समर्थनमा दुबै पक्षले दबावका लागि उपस्थित हुन आह्वान गरेका छन् ।

    रास्वपाका सबैजसो शीर्ष नेताहरु पोखरामै आएर शनिबारदेखि नै प्रदर्शन तथा दबाव कार्यक्रमको नेतृत्व गरिरहेका छन् । रास्वपाका नेताहरुले रविलाई उपस्थित गराउने कास्की जिल्ला अदालत नजिकैको शहीद चोकमा विरोध कार्यक्रममा उपस्थित भइदिनका लागि आह्वान गरेका छन् ।

    सहकारी पीडितहरुले अनुसन्धान र न्यायका निम्ति कुनै कसर नराख्न दबाब दिँदै शहीद चोक नजिकै राष्ट्र बैंक चोकमा उपस्थित हुन सार्वजनिक अपिल गरेका छन् । शनिबारदेखि रास्वपाको विरोध प्रदर्शनमा माओवादी निकटका कार्यकर्ताहरुको सहानुभूति देखिएको थियो भने सहकारी पीडितका पक्षमा उपस्थित हुन कांग्रेस, एमालेकै नेताहरुलेसमेत आह्वान गरिरहेका छन् ।

    शुक्रबार पक्राउ पुर्जीमात्रै जारी गरेर रातारात पोखरा ल्याइएको भए पनि भोलिपल्ट शनिबार परेकाले उनलाई आज आइतबारमात्रै अदालत खुलेपछि उपस्थित गराउन लागिएको हो । कास्की जिल्ला अदालतका ६ जना न्यायाधीश शुक्रबार बिदामा थिए । नेपालगञ्जमा रहेका न्यायाधीश कृष्णजंग शाह हतारहतार पोखरा आएलगत्तै पक्राउ पुर्जी जारी गरिएको थियो ।

    यसअघि गत असोज ६ गते गोर्खा मिडिया प्रालिकै पूर्वसञ्चालक पूर्व डिआइजी छविलाल जोशीलाई पक्राउ गरेर पोखरा ल्याउँदा नै रविसमेत पक्राउ पर्न लागेको भन्दै रास्वपाका नेता कार्यकर्ताले पोखरामा प्रदर्शन गरेका थिए । सहकारी पीडितले पनि रविलाईसमेत पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै शहीद चोककै जिल्ला प्रशासन कार्यालयबाहिर प्रदर्शन गर्दा केही समय पीडित र समर्थन आमने–सामने भएका थिए ।

    शुक्रबार पनि दुवै पक्ष आमने–सामने हुँदा सुरक्षा चुनौती हुनसक्ने भन्दै पीडितलाई कुनै पनि प्रदर्शन नगर्न भनिएको थियो । रास्वपाले मानव अधिकार चोकमा प्रदर्शन गरिरहँदा केही सहकारी पीडित भने जिल्ला प्रहरी कार्यालय कास्की बाहिर जम्मा भएका थिए । तर, आफूहरुकै जाहेरीका आधारमा रवि पक्राउ परेकाले पनि अहिले प्रदर्शन नगर्ने सहकारी पीडितहरुको भनाइ थियो ।
    रास्वपाका नेता–कार्यकर्ताले सहकारी ठगीमा प्रत्यक्ष नजोडिएका रविलाई पक्राउ गरी कांग्रेस, एमालेले राजनीतिक प्रतिशोध साँधेको बताइरहेका छन् । रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्ले, डिपी अर्याल, सहप्रवक्ता मनिष झा, सांसद विराजभक्त महर्जन, तोसिमा कार्कीलगायतले रवि पक्राउको मूल्य सरकारलाई चर्को पर्ने चेतावनी दिएका छन् ।

    सहकारीमा डुबेको ८७ अर्ब रुपैयाँ उठाउन आफूहरुले आवाज उठाइरहेको तर सरकार ५ करोडको पछाडि लागेर संलग्न नै नभएका रविलाई पक्राउ गरेको उनीहरुको भनाइ छ । उनीहरुले एमालेलाई जग्गा दान गर्ने मिनबहादुर गुरुङको मुद्दा विषयान्तर गर्न, सहकारी ठगीमा संलग्न कांग्रेस उपसभापति धनराज गुरुङ र सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका एमाले सांसद ऋषिकेश पोखरेललाई जोगाउन रविलाई पक्राउ गरिएको भन्दै आक्रोश व्यक्त गरिरहेका छन् ।

    सूर्यदर्शन सहकारीबाट रवि पूर्व प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा ५ करोड रुपैयाँ गएको देखिएको छ । रविले सूर्यदर्शन सहकारीबाट १ करोड रुपैयाँ लिएर गोर्खा मिडियाको नाममा ऋण मिलान गरेको वित्तीय प्रतिवेदनमासमेत उल्लेख छ ।

    सहकारी ठगी प्रकरणमा रविसहित माओवादी केन्द्रका विद्यार्थी नेता दिपेश पुनसहित व्यक्ति र संस्था गरी १८ जनाविरुद्ध पीडितले पूरक जाहेरी दिएका थिए । पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन, नेचर हब प्रालि, गोर्खा मिडिया प्रालि, वारिसान इन्फर्मेसन टेक्नोलोजी, स्प्रिङ उड रियल स्टेट, गोर्खा ग्रुप इन्भेस्टेन्ट, गोर्खा आयुर्वेद प्रालिलगायतलाई विपक्षी बनाएर पीडितहरुले पुरक जाहेरी दिएका थिए ।

    सूर्यदर्शन सहकारीबाट करिब डेढ अर्ब रकम हिनामिना गरेको आरोपमा प्रहरीले गत साल भदौ २४ गते १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पटक पटक गरेर सूर्यदर्शन सहकारी प्रकरणमा ४४ जनालाई पक्राउ पुर्जी जारी गरिएकोमा शुक्रबारमात्र रविसहित १४ जनाविरुद्ध थप पक्राउ पुर्जी जारी भएको छ ।

    उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक महेन्द्र भोटे, भविश्वर अर्याल, पूर्व सञ्चालक समिति सदस्य प्रमोद भट्टराई पनि पुर्पक्षका लागि थुनामै छन् । यसअघि पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाललाई दशैं विदा अघिको १७ गतेलाई आधार मानेर शुक्रबार २० दिन म्याद थप भएको छ । उनी पनि जिल्ला प्रहरी कार्यालय कास्की हिरासतमै छन् ।

    पहिलो प्रतिवेदनले सहकारी ठगीमा संलग्न अन्य व्यक्तिलाई जोगाएको भन्दै पुरक जाहेरी र चौतर्फी दबाबपछि फेरि विस्तृत अनुसन्धान गरी अर्को प्रतिवेदन तयार गरिएको थियो । गत वैशाख २६ गते पोखरा महानगरका मेयर धनराज आचार्यले जिल्ला प्रहरी कार्यालय कास्कीलाई ३ हजार ४ सय १९ पृष्ठको प्रतिवेदन हस्तान्तरण गरेका थिए ।

    २०८० भदौ २१ गतेसम्म संस्थाले प्रयोग गरेको कम्प्युटर लेखा प्रणाली सफ्टवेयरमा उल्लेख भएका कुल १८ हजार ७०० वटा बचत खातामा १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८९९ रहेको पाइएको प्रतिवेदनले देखाएको छ ।

    प्रहरी प्रतिवेदनमा १ अर्ब ३५ करोड रुपैयाँ ठगी भएको उल्लेख गरिए पनि सरकारी वकिलको कार्यालयले जिल्ला अदातलमा दर्ता गरेको मुद्दामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरीवालालाई दिलाउन माग गरिएको छ । साथै ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
  • आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
  • पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
  • नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
    ६ दिन अघि

  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
    १ हफ्ता अघि

  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
    १ हफ्ता अघि

  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत
    १ हफ्ता अघि

  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता
    १ हफ्ता अघि

  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
    १ हफ्ता अघि

  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय
    १ हफ्ता अघि

  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ
    १ हफ्ता अघि

  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज
    २ हफ्ता अघि

  • अन्य सबै
    १ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    २ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution