


काठमाण्डौ, २१ चैत्र । ग्राहकहरूलाई अत्याधुनिक सुविधाहरू उपलब्ध गराएकोमा महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । महालक्ष्मी विकास बैंक भारतको प्रतिष्ठित म्यागेजिन ‘बिजनेस कनेक्ट’ द्वारा ग्राहक केन्द्रित बैंकको अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ ।
निरन्तर रूपमा ग्राहक सेवालाई विशिष्टीकृत गर्दै लगेको, ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेको, ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराएको तथा ग्राहकहरूलाई सुरक्षित र अत्याधुनिक डिजिटल सुविधाहरू उपलब्ध गराउन बैंकले निर्वाह गरेको भूमिकाको मुल्याङ्कन गर्दै उक्त म्यागेजिनले सम्मान गरेको जनाइएको छ ।
बिजनेस कनेक्ट म्यागेजिन व्यवसायसँग सम्बन्धित विभिन्न नवप्रवर्तनशील विचारहरू तथा प्रभावशाली व्यावसायिक व्यक्ति तथा संस्थाहरूको कभर स्टोरीहरूलाई प्राथमिकताका साथ प्रकाशन गर्दै आइरहेको छ । यस सम्मानको प्राप्ति सँगै ग्राहक सेवा प्रणालीलाई अझ प्रभावकारी बनाउँदै आगामी दिनहरूमा वित्तीय पहुँच बाट बाहिर रहेका आम नेपाली नागरिकहरूलाई समेत बैंकिङ प्रणाली भित्र ल्याउन सकिने तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकको पहिचान स्थापित गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको थियो ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution