


काठमाण्डौ, २७ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीले रविलाई पक्राउ गर्दा प्रहरीले ज्यादती गरेको भन्दै मानव अधिकार आयोगको ध्यानाकर्षण गरायो । , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरीले ज्यादती गरेको भन्दै मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।
पार्टीको तर्फबाट आज बुधबार प्रमुख सचेतक सन्तोष परियार, पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी, सांसद गणेश पराजुलीसहितको टोलीले मानव अधिकार आयोगका अध्यक्षलाई भेटेर ध्यानार्षण पत्र बुझाएका हुन्। ज्ञापनपत्रमा रवि पक्राउमा पीडितको मानवअधिकार उल्लङ्घन भएको भन्दै जिउज्यान तथा मानवअधिकारको रक्षार्थ आवश्यक समन्वय गर्न माग गरिएको छ ।
न्यायिक प्रक्रिया पूरा नगरी गैरकानुनी रूपमा रविलाई पक्राउ गरिएको निवेदनमा दाबी गरिएको छ । गत शुक्रबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश बदर गरी लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो। उनलाई शुक्रबार नै प्रहरीले निवासमा पुगेर पक्राउ गरेको थियो।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution