Headlines

कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरे : हेर्नुहोस पुरा समाचार

काठमाडौं, ३० जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवालाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरे । विराटनगर विमानस्थलमा मंगलबार संचारकर्मीसँग कुरा गर्दै थापाले सभापति देउवाले नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताए ।

थापाले अहिलेकै गठबन्धनबाट कांग्रेस नेतृत्वमा सरकारसमेत बन्ने पक्का भएकाले सभापति देउवाले प्रधानमन्त्रीमा समेत दाबी गर्न नहुने बताए । प्रधानमन्त्रीमा पार्टी सभापति देउवा बाहेक अरुनै हुनुपर्ने उनले बताए।थापाले जनताले कांग्रेसबाट अब नयाँ प्रधानमन्त्रीको खोजी गरेको उनले दाबी गरे ।

सभापतिले आफ्नो र पार्टी हितका लागि भएपनि पद छोड्नु पर्ने उनले बताए। ‘मैले कुनै रिसिबी लिएर भनिरहेको छैन । पार्टी हितका लागि हो । नेपाली कांग्रेसले नयाँ नेतृत्व खोजी रहेको छ । यी कुरा लागू गर्न म लागि रहेको छु । अझै लाग्छु । परिवर्तन गर्न लागि रहेको छु । जोखिम उठाउने हो । फलका विषयमा चिन्ता गर्ने होइन । आज मेरो काम भनेको नेतृत्व र सरकारको नेतृत्व परिवर्तन गर्ने भन्ने हो’ उनले भने ।

ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *