


काठमाडौं, १ असार । असुरक्षाको कारण देखाउँदै काठमाडौंका हलहरूले भारतीय फिल्म आदिपुरुषको बिहानी शो रोकेका छन्। बिहीबार ‘जानकी भारतीय छोरी’ हुन् भन्ने संवादलाई लिएर विवाद उत्पन्न भएको थियो। सेन्सर बोर्डले उक्त संवाद हटाएर फिल्म चलाउन अनुमति दिएको थियो।
तर, दर्शकहरूमा आक्रोश देखिएको भन्दै बिहानी शो रद्द गरिएको क्युएफएक्सकी बजार प्रबन्धक तृष्ती गिरीले बताइन्। ‘हामीले असुरक्षाका कारण बिहानी शो रद्द गरेका हौं। सेन्सर बोर्डले विवादित संवाद म्युट गरेर फिल्म चलाउन अनुमति दिएको थियो तर हिजो रातिबाट राष्ट्रघातीतर्फ कुरा मोडियो। मान्छेहरू निकै आक्रोशित देखिनु भएको छ। त्यसैले सुरक्षा नपुग्ला भने बिहानी शो रद्द गरिएको हो,’ उनले भनिन्।
यस विषयमा चलचित्र विकास बोर्डमा छलफल भइरहेको उनले बताइन्। ‘अहिले पनि यति बजेदेखि फिल्म लाग्छ भन्ने अवस्था छैन,’ उनले भनिन्। क्यूएफएक्स, बिग मुभिज, वान सिनेमाज, सिडिसी सिनेमाज लगायतका हलहरूले शो रोकेका छन् । उपत्यकाबाहिर भने आदिपुरुषको प्रदर्शन भइरहेको छ।
ओम राउतले निर्देशन गरेको फिल्ममा प्रभास रामको भूमिकामा देखिएका छन् भने कृति सेनन सीताको भूमिकामा देखिएकी छन्। सैफ अली खान रावणको भूमिकामा देखिएका छन्।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution