काठमाडौँ, २ साउन । गायिका एलिना चौहानका पूर्वपति विष्णु सापकोटाले आफ्नोबारे बनेका अनावश्यक टिकटक भिडियो र भ्रामक गतिविधि भएपछी सुरु गरे कानुनु प्रक्रिया
गायिका एलिना चौहानका पूर्वपति विष्णु सापकोटाले सामाजिक संजालबाट आउने कठोर शब्द, धम्कीपूर्ण सन्देश, मानसिक दबाब र चरित्र हत्या गर्ने प्रयासले आफू मानसिक पीडाबाट गुज्रिएको बताएका छन् ।
उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्तो बताएका हुन् । उनले गायिका चौहानसँग सहमतीमा सम्बन्धविच्छेद भएपनि अहिले आफ्नोबारे बनेका अनावश्यक टिकटक भिडियो र भ्रामक गतिविधिले व्यक्तिगत र सामाजिक प्रतिष्ठामा गम्भीर असर पुर्याएको बताए ।
दुवै पक्षको समझदारीमा अदालतले निर्णय गरिसकेको विषयमा पुनः बोल्दै हिँड्नु अदालतको अपमान भएको समेत उनले बताए । ‘अलग बसेको लगभग १ वर्ष र सम्बन्धविच्छेद भएको ६ महिना कटिसक्दा पनि केही व्यक्तिले पुराना विषयहरू सामाजिक संजालमा ल्याउन थालेका छन्,|
जसले मेरो व्यक्तिगत जीवन, परिवार र व्यवसायिक वातावरणमा नकारात्मक असर पुर्याइरहेको छ’ उनले लेखेका छन् । सापकोटाले मानहानी र व्यवसायिक नोक्सानीको क्षतिपूर्तिसहित अस्ट्रेलियामा कानूनी प्रक्रिया अघि बढाइसकेको पनि बताए । ‘कानुन सबैको लागि हुन्छ र न्यायको सहि मार्ग पनि त्यही हो’ उनले लेखेका छन् ।
उनले आफ्नो मौनतालाई कमजोरीको रुपमा नलिन आग्रह समेत गरेका छन् ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution