• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
६ बैशाख २०८३, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

१ दिन अघि
२

नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

१ दिन अघि
३

hii

२ दिन अघि
४

नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ

२ हफ्ता अघि
५

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने

४ हफ्ता अघि
६

मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट

४ हफ्ता अघि
७

प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

१ महिना अघि
८

सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

१ महिना अघि
९

प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा

१ महिना अघि
१०

बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे

१ महिना अघि
११

मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

१ महिना अघि
१२

अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउछौँ, कार्यालयलाई नागरिक केन्द्रित बनाउछौ : सभापति गगन थापा

१ महिना अघि

धेरै पढिएका

  • १

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

    १ दिन अघि
  • २

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

    १ दिन अघि
  • ३

    hii

    २ दिन अघि
  • ४

    नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ

    २ हफ्ता अघि
  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने

    ४ हफ्ता अघि
  • ६

    मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट

    ४ हफ्ता अघि
  • ७

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

    १ महिना अघि
  • ८

    सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

    १ महिना अघि
  • ९

    प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा

    १ महिना अघि
  • १०

    बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे

    १ महिना अघि
  • महिला कबड्डी विश्वकप खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय महिला कबड्डी टोली थप प्रशिक्षण र अभ्यास खेलका लागि शनिार भारतको हरियाणा प्रस्थान गरेको छ ।

    CB Nepal९ महिना अघि

    काठमाडौँ ३ साउन, महिला कबड्डी विश्वकप खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय महिला कबड्डी टोली थप प्रशिक्षण र अभ्यास खेलका लागि शनिार भारतको हरियाणा प्रस्थान गरेको छ । पछिल्लो समय नेपाली महिला कबड्डीले अन्तर्राष्ट्रिय स्तरमा विभिन्न सफलताहरू हात पारिरहेको छ । यस पटक विश्वकपमा पनि पदक जित्ने लक्ष्य लिएर नेपाली महिला कबड्डी टोलीले भारतको यात्रा तय गरेको छ ।
    १४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली शनिबार भारतको हरियाणा प्रस्थान गरेको छ । नेपाली टोलीको कप्तानमा मानमति विष्ट छन् भने जयन्ती बडु उपकप्तान छन् । महिला कबड्डी विश्वकपको दोस्रो संस्करण अगष्ट ३ देखि १० सम्म हैदरवादमा आयोजना हुँदैछ । सुरुमा जुनमा बिहारमा हुने तयारी थियो तर अब हैदरवादको गोचिबोली इन्डोर स्टेडियममा अगष्ट ३ देखि १० सम्म आयोजना हुनेछ ।
    विश्वकप खेल्नुअघि नेपाली महिला कबड्डी टोलीले हरियाडास्थित मोरमाजरामा १२ दिनको तयारी गर्नेछ । त्यहाँ रहँदा नेपालले बन्द प्रशिक्षणमा तयारी गर्नुका साथै ५ अभ्यास खेल पनि खेल्ने तालिका छ ।

    कप्तान मानमती विष्टले लामो समयदेखि टिमले प्रशिक्षण गरिरहेको र हरियाणामा हुने तयारीले अझ सहयोग पुग्ने बताएकी छन् । ‘हरियाणाको गुरुकुलमा तयारी गरेको हो पहिला पनि । अहिले पनि त्यहाँ गएर प्रशिक्षण गर्दा र म्याच एक्सपोजरले विश्वकपमा धेरै सहयोग गर्छ र राम्रो हुन्छ’ विष्टले भनिन्, ‘त्यहाँ हामीले ५ अभ्यास म्याच पनि खेल्छौं । त्यसले गर्दा खेलको अनुभव पनि राम्रो हुन्छ।’

    महिला कबड्डी विश्वकपमा १४ टोलीको सहभागिता हुनेछ । आयोजक भारतसहित अर्जेन्टिना, बंगलादेश, चाइनिज ताइपेई, जर्मनी, नेदरल्याण्ड्स, इरान, जापान, केन्या, नेपाल, पोल्याण्ड, थाइल्याण्ड, युगान्डा, जान्जिबारले विश्वकप खेल्नेछन् । महिला कबड्डीमा पहिलो विश्वकप भएको १३ वर्षपछि दोस्रो संस्करण हुन लागेको हो । सन् २०१२ मा पहिलो संस्करण भारतकै पटनामा भएको थियो ।

    पहिलो संस्करण भारतले जितेको थियो भने इरान, जापान, थाइल्याण्ड दोस्रो देखि चौथोसम्म भएको थियो । विश्वकपमा पदक जित्ने लक्ष्य पछिल्लो समय नेपाली महिला कबड्डीले अन्तर्राष्ट्रिय स्तरमा हात पारेको सफलताले गर्दा विश्वकपमा पनि सफलता दिलाउन नेपाली टोलीको लक्ष्य छ । कप्तान मानमती विष्टले पनि विगतमा प्राप्त गरेको सफलता भन्दा अझ ठूलो सफलता ल्याउने लक्ष्य रहेको अनलाइनखबरसँग बताइन् ।

    ‘हामी पहिलो पटक महिला कबड्डी खेल्दैछौँ । हाम्रो तयारी राम्रो छ । ६ पुराना अनुभवी खेलाडी र ८ नयाँ खेलाडीको कम्बो सेट राम्रो राम्रो छ । पहिला भन्दा अहिलेको नतिजा राम्रो ल्याउने लIक्ष्य छ ।’ विष्टले भनिन् । ‘यो विश्वकपमा हामी फाइनल पुग्ने लक्ष्य छ । अहिलेसम्म कांस्य पदक ल्याइराको छौँ । मेडल टच भाछ । यो पटक कांस्य भन्दा माथि राम्रो मेडल ल्याउने आशा छ ।’

    कप्तान विष्टसहित पूर्वकप्तान मेनुका राजवंशी टिमको सबेभन्दा अनुभवी खेलाडीको रुपमा छन् । सन् २०२३ मा चीनको हान्झाउमा भएको १९औं एसियन गेम्समा कांस्य पदक जित्दा कप्तानी रहेकी मेनुका अनी हालकी कप्तान विष्टसँगै हालकी उपकप्तान जयन्ती बडु, गंगा घिमिरे, रविना चौधरी र सृजना कुमारी थारुसँग एसियन गेम्सको पनि अनुभव छ ।

    ‘हामी सिनियर खेलाडीहरू बाहेक नयाँ बहिनीहरूसँग पनि एसियन च्याम्पियनसिप, बंगलादेशसँग पनि टेष्ट सिरिज खेलेको अनुभव बटुलेको छ । त्यसले फाइदा हुन्छ’ विष्टले भनिन् । इरानमा भएको एसियन महिला कबड्डी च्याम्पियनसिपमा पनि नेपालले कांस्य जितेको थियो । यस्तै मुख्य प्रशिक्षक विष्णुदत्त भट्टले पनि ८ महिनाको प्रशिक्षणले टिम राम्रो भएको र पदक जित्नेमा आशावादी रहेको बताएका छन् ।

    शुक्रबार आयोजित बिदाइ कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङले कबड्डीमा महिला खेलाडीको ग्राफ उकालो लाग्दै गएको बताउँदै एसियाली प्रतियोगितामा पनि पदक जित्दै महिला कबड्डी टोली दक्षिण एसियामा मात्र सीमित छ भन्ने भ्रमलाई चिर्न सफल भएको बताएका थिए । यसैगरी अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्द झाले महिला कबड्डी विश्वकपलाई लक्षित गर्दै लामो समयदेखि तयारी गरिरहेको र टिम लयमा रहेको बताए ।

    ‘कबड्डी टिम मिसन २६ को तयारीमा पनि छ । तर हामीले विश्वकपलाई लक्षित गर्दै ८ महिनादेखि क्लोज क्याम्प राखेर तयारी गरिरहेका छौं’ झाले भने, ‘त्यही दौरानमा हामीले दुई वटा अन्तर्राष्ट्रिय इभेन्ट पनि खेल्यौं । इरानमा भएको एसियन महिला कबड्डी च्याम्पियनसिपमा तेस्रो भयौं । यस्तै नेपालमै नेपाल र बंगलादेशबीच ५ खेलको टेष्ट सिरिज पनि हामीले जित्यौं।’

    संघका महासचिव झाले विश्वकपमा नेपालले पदक जित्ने राम्रो सम्भावना रहेको बताए । ‘महिला कबड्डी खेल्ने ४७ टिममध्ये नेपालको तेस्रो वरियतामा छ । यस पटक १४ टिम सहभागि हुनेछन् । चार पुलमा विभाजन हुनेछ । नेपाल आफू रहेको पुलमा विजेता बनेमा सेमिफाइनल पुग्नेछ ।’ समूह विभाजन भने विश्वकपको केही दिनअघि मात्र हुने झाले जानकारी दिए । उत्साहित नेपाली खेलाडीहरू

    हरेक खेलका खेलाडीको लागि विश्वकप खेल्नु सपना हुन्छ र त्यसमा पदक जित्न सके अझै ठूलो सफलता हुनेछ । नेपालले पछिल्लो समय समूह खेलहरूमा पनि विश्वकपमा आफ्नो उपस्थित देखाउन थालेको छ ।

    विशेषगरी क्रिकेटमा पुरुष टिमले दुई पटक टी२० विश्वकप खेलिसकेको छ । यस्तै उमेर समूहमा पुरुक्ष यू१९ टिमले ८ पटक यू१९ विश्वकप क्रिकेट खेलिसक्दा महिला यू१९ टिमले पनि महिला यू१९ विश्वकपमा गत वर्ष डेब्यु गरिसकेको छ । यसैगरी गत वर्ष नै नेपालको महिला र पुरुष दुवै खो खो टिमले विश्वकपमा सहभागिता जनाउँदै दुवैले ऐतिहासिक रजत पदक समेत जिते ।

    यसलाई पछ्याउँदै अहिले कबड्डी टिमले पनि महिला कबड्डी विश्वकप खेल्दैछ । ‘कबड्डी विश्वकपलाई लिएर नेपाली खेलाडीहरू पनि निकै उत्सहित छन्’ कप्तान मानमती विष्टले उत्साहित हुँदै भनिन्, ‘हामीले अहिलेसम्म घर परिवार नभनी गरेको मिहिनेतले यहाँसम्म पुगेका छौं।’

    टिममा रहेका सिनियर र नयाँ खेलाडीहरू सबैले उत्सहित रहेको विष्टले बताइन् । ‘विश्वकपमा खेल्न पाउँदा सबै जना हर्षित छन् । हामी सिनियर खेलाडी दुई जना छौं । नयाँ बहिनीहरू पहिलो पटक विश्वकप खेल्न पाउँदा झन् धेरै उत्सहित छन् । यसले भावी पुस्तालाई अझ मोटिभेसन हुनेछ’ उनले भनिन्, ‘हामीलाई थप उर्जा पनि भाको छ । र कबड्डी पनि यो स्थानसम्म पुग्छ भनेर देखाउन सफल भएका छौं।’ यस्तै संघका महासचिव झाले पछिल्लो समय महिला कबड्डीले सफलता हात पारिरहेकोले अहिले राखेप र नेपाल सरकारले कबड्डीलाई हेर्ने दृष्टिकोणमा पनि फरक आएको बताए ।

    ‘संघमा पनि नयाँ टिम आएपछि कबड्डीको मोडालिटी नै चेन्ज भाछ । हामी कबड्डीप्रति गम्भिर भएका छौँ । संघका साथीहरू सबै एकजुट भएर लाग्दा यो सम्भव भएको छ’ झाले भने, ‘ठूलो स्पोनर र वैदेशिक अनुदानहरू नपाएपनि राखेपको साथ, संघको प्रयास र साना स्पोनसरहरूको साथ लिएर हामीले काम गरिरहेका छौं।’

    कबड्डी संघले गत वर्ष पुरुष कबड्डीको फ्रेन्चाइज लिग समेत सुरु गरेको छ । यस वर्ष पुरुषको दोस्रो सिजन गर्ने र सन् २०२६ देखि महिला कबड्डीको पनि फ्रेन्चाइज सुरु गर्ने महासचिव झाले जानकारी दिए । ‘महिला फ्रेन्चाइज लिग २०२६ मा गर्ने योजना छ । २०२५ मा पुरुषको सिजन २ हुनेछ । महिलाको लागि अली तयार नपुगेको हो’ उनले भने ।

    नेपाली टोली : मानमति विष्ट (कप्तान), जयन्ती बडु (उपकप्तान), मेनुकाकुमारी राजवंशी, रविना चौधरी, मिना नेपाली, गंगा घिमिरे, आशिका कुँवर, श्रृजनाकुमारी थारु, श्रृजना धानुक, मनीषा जोशी, उरुषा शाक्य, आस्मा यादव, विनिता पण्डित क्षेत्री, सन्जु थामी

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे
  • नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो
  • hii
  • नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे
    १ दिन अघि

  • २

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो
    १ दिन अघि

  • ३

    hii
    २ दिन अघि

  • ४

    नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ
    २ हफ्ता अघि

  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
    ४ हफ्ता अघि

  • ६

    मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट
    ४ हफ्ता अघि

  • ७

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का
    १ महिना अघि

  • ८

    सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता
    १ महिना अघि

  • ९

    प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा
    १ महिना अघि

  • १०

    बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे
    १ महिना अघि

  • अन्य सबै
    ३ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ४ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ४ महिना अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution