• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२० जेष्ठ २०८३, बुधबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित

३ हफ्ता अघि
२

नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
३

प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

१ महिना अघि
४

नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

१ महिना अघि
५

hii

१ महिना अघि
६

नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ

२ महिना अघि
७

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने

२ महिना अघि
८

मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट

२ महिना अघि
९

प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

२ महिना अघि
१०

सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

२ महिना अघि
११

प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा

३ महिना अघि
१२

बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे

३ महिना अघि

धेरै पढिएका

  • १

    सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित

    ३ हफ्ता अघि
  • २

    नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    ३ हफ्ता अघि
  • ३

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

    १ महिना अघि
  • ४

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

    १ महिना अघि
  • ५

    hii

    १ महिना अघि
  • ६

    नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ

    २ महिना अघि
  • ७

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने

    २ महिना अघि
  • ८

    मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट

    २ महिना अघि
  • ९

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

    २ महिना अघि
  • १०

    सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

    २ महिना अघि
  • अन्नपूर्ण संरक्षण क्षेत्र मा पर्यटकको संख्यामा उत्साहजनक वृद्धि

    CB Nepal१0 महिना अघि

    काठमाडौँ ४ साउन , विश्वकै उत्कृष्ट पदयात्रा गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मा गत आर्थिक वर्ष पौने ३ लाख विदेशी पर्यटकले भ्रमण गरेका छन् । एक वर्ष अवधिमा भएको भ्रमणका आधारमा यो संख्या हालसम्मकै सर्वाधिक हो ।

    आर्थिक वर्ष २०८१/०८२ मा १७२ देशका २ लाख ७८ हजार ११३ जना पर्यटकले भ्रमण गरेका तथ्याङ्क एक्यापसँग छ । आर्थिक वर्ष २०८०/०८१ को तुलनामा यो संख्या २५ प्रतिशत बढी हो । अघिल्लो वर्ष २ लाख २२ हजार १८० पर्यटकले यो क्षेत्र घुमेका थिए ।

    आर्थिक वर्ष २०७९/०८० को यही अवधिमा १ लाख ७२ हजार १०८ जना पर्यटक एक्याप पुगेका थिए । कोभिड–१९ महामारीपछि विदेशी पर्यटकको संख्या उल्लेख्य बढेको एक्यापले सङ्कलन गरेको तथ्याङ्कले देखाउँछ ।

    एक्यापका आयोजना प्रमुख डा. रविन कडरियाका अनुसार चालु आर्थिक वर्षमा पर्यटकको संख्यामा उत्साहजनक वृद्धि देखिएको हो । ‘गत वर्षको तुलनामा विदेशी पर्यटकको संख्यामा २५ प्रतिशतले वृद्धि भई करिब २ लाख ७८ हजार पुगेको छ,’ उनले भने, ‘यो वृद्धिले अन्नपूर्ण क्षेत्र विश्व पर्यटकको रोजाइमा अझै पनि अब्बल छ भन्ने देखाउँछ ।’

    तथ्याङ्कअनुसार भित्रिएका पर्यटकमध्ये सार्क मुलुक, विशेषगरी भारतबाट आउनेको संख्या अत्यधिक बढेको छ । यसरी भ्रमणमा आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारतका छन् । गत वर्ष १ लाख ५३ हजार ८६५ भारतीय पर्यटकले एक्याप भ्रमण गरेका हुन् ।

    दोस्रोमा चीनका पर्यटक बढी आएका छन् । १० हजार ७०९ जना चिनियाँले घुम्दा ९ हजार ५३७ जना अमेरिकी पर्यटक यो क्षेत्र घुम्न आइपुगेका छन् । पछिल्लो आठ वर्षको तथ्याङ्क हेर्दा भारतीय पर्यटक मुक्तिनाथ दर्शनका लागि र अन्य मुलुकका पर्यटक पदयात्राका लागि आउने गरेको देखिन्छ ।

    आर्थिक वर्ष २०७८/०८९ सम्म भारतीय पर्यटकभन्दा तेस्रो देशका पर्यटक बढी आउने गरेकोमा त्यसयता भारतीय पर्यटकको संख्या उल्लेख्य बढेको देखिन्छ । यसमा खासगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ दर्शनले प्रभाव पारेको एक्यापको दाबी छ । पदयात्राका लागि आउने पर्यटकको रोजाइमा मुस्ताङसँगै अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल र अन्नपूर्ण सर्किटको पदमार्ग पर्छन् । कुन देशका पर्यटकले रोज्छन् अन्नपूर्ण ?

    मुक्तिनाथ मन्दिर एक्याप क्षेत्रभित्रै पर्ने भएका कारण पनि भारतीय पर्यटकको संख्या बर्सेनि बढी देखिन्छ । एकाध बाहेक उनीहरू धार्मिक कर्मका लागि आएका हुन् । तर तेस्रो देशका नागरिकहरू धार्मिकभन्दा पनि पदयात्राकै लागि आएका हुन्छन् । पछिल्लो ३ वर्षको विवरण अध्ययन गर्दा सबैभन्दा बढी पर्यटक उत्तरी छिमेकी मुलुक चीनबाट आएका छन् ।

    आर्थिक वर्ष २०७९/०८० मा चिनियाँ पर्यटकको आगमन १४ औँ स्थानमा थियो । उक्त वर्ष जम्मा २ हजार ५४५ चिनियाँ आएकोमा त्यसयताका वर्षमा लगातार यो सङ्ख्या बढ्दै हाल दोस्रो नम्बरमा पुगेको हो ।

    आर्थिक वर्ष २०७९/०८० मा फ्रान्स दोस्रो नम्बरमा छ । फ्रान्सका ८ हजार १४८ पर्यटक आउँदा जर्मनीका ७ हजार २०६, युकेका ६ हजार ८५५, अमेरिकाका ६ हजार ७९१ र नेदरल्याण्डका ४ हजार २८४ जना आएका छन् ।
    आर्थिक वर्ष २०८०/०८१ मा १० हजार ६६ जना चिनियाँ आएकोमा २०८१/०८२ मा १० हजार ७०९ जना एक्याप क्षेत्रको भ्रमणमा आएका छन् । अमेरिका, फ्रान्स, युके, जर्मनी लगायत देशका पर्यटकको रोजाइमा अन्नपूर्ण संरक्षण क्षेत्र पर्ने गरेको छ ।

    पछिल्लो वर्ष अमेरिकाबाट ९ हजार ५३७ पर्यटक यस क्षेत्रमा आउँदा फ्रान्सबाट ९ हजार १९७ जना, युकेबाट ८ हजार ३३५ र जर्मनीबाट ८ हजार ७० पर्यटक आएको तथ्याङ्क छ । यस्तै, आर्थिक वर्ष २०८०/०८१ मा चीनपछि फ्रान्सेली नागरिक धेरै आएका छन् । फ्रान्सका ८ हजार ९८२ जना आउँदा अमेरिकाबाट ७ हजार ८४२, जर्मनीबाट ७ हजार ६८० र युकेबाट ७ हजार ५५६ जनाले एक्याप भ्रमण गरेका छन् ।

    आर्थिक वर्ष २०७९/०८० मा फ्रान्स दोस्रो नम्बरमा छ । फ्रान्सका ८ हजार १४८ पर्यटक आउँदा जर्मनीका ७ हजार २०६, युकेका ६ हजार ८५५, अमेरिकाका ६ हजार ७९१ र नेदरल्याण्डका ४ हजार २८४ जना आएका छन् । सर्वाधिक पर्यटक आउने देश

    पर्यटकको संख्या बढेको देखिए पनि उनीहरूको सन्तुष्टिमा भने ह्रास आएको छ । एक्यापका प्रमुख डा. कडरिया पर्यटकको बढ्दो संख्यासँगै नयाँ चुनौती थपिएको स्वीकार गर्छन् । विशेषगरी पदमार्गहरूमा जथाभावी खनिएका मोटरबाटोले विदेशी पर्यटकको सन्तुष्टि घटाएको उनको भनाइ छ ।

    ‘ट्रेकिङ गर्ने ठाउँहरूमा मोटरबाटो बनेका छन् । धुलोले गर्दा विदेशी पर्यटकको सन्तुष्टि स्तर हिजोको भन्दा घटेको छ,’ उनले थपे, ‘उहाँहरू यहाँ प्रकृति हेर्न आउनुहुन्छ, सिमेन्टको संरचना होइन । हामीले त्यो बुझाउनै सकेका छैनौँ ।’

    केही समयअघि राष्ट्र बैंक, पोखराले गरेको एउटा अध्ययनले पनि पर्यटकको बसाइ र सन्तुष्टि घट्दै गएको तथ्य देखाएको छ । गण्डकी प्रदेश भ्रमणमा आउने विदेशी पर्यटकहरूले औसतमा १२ दिन बिताउने र दैनिक ८ हजार ३ सय रुपैयाँभन्दा बढी खर्च गर्ने गरेको पाइएको छ ।

    उक्त प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा गण्डकी प्रदेशमा ४१ देशका पर्यटक आएका थिए, जसमा भारत, फ्रान्स, अमेरिका, बेलायत र अष्ट्रेलियाबाट आउनेको संख्या सबैभन्दा धेरै छ । प्रदेश घुम्न आउनेमध्ये ४० प्रतिशतभन्दा बढी पर्यटक साहसिक क्रियाकलापका लागि आउने गरेका छन् भने ३१ देखि ४५ वर्ष उमेर समूहका पर्यटक सबैभन्दा बढी छन् ।

    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले गत वर्ष पर्यटकको प्रवेश शुल्कबाट मात्रै ४५ करोडभन्दा बढी कमाएको छ । ४५ करोड १३ लाख २७ हजार २९० रुपैयाँ सङ्कलन गरिएको कार्यालयले जनाएको छ । तीमध्ये सार्क मुलुकका पर्यटकबाट १५ करोड ७७ लाख ८६ हजार छ भने तेस्रो देशका पर्यटकबाट ३६ करोड उठाइएको छ ।

    यसरी सङ्कलन भएको रकम संरक्षण क्षेत्र व्यवस्थापन समितिमार्फत पदमार्ग निर्माणदेखि अत्यावश्यक काममा खर्च गरिएको कार्यालयले जनाएको छ । यद्यपि सरोकारवालाहरू एक्यापले सङ्कलन गरेको रकम पारदर्शितामा प्रश्न गर्छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटकबाट सङ्कलन हुने करोडौँ रुपैयाँको पारदर्शिता र स्थानीय विकासमा त्यसको योगदानबारे प्रश्न उठाएका छन् ।

    गण्डकी सरकारले धेरै पहिलेदेखि एक्याप र एमक्याप प्रदेश सरकार मातहत दिनुपर्ने आवाज उठाउँदै आएको छ । मुख्यमन्त्रीले मात्रै होइन, अन्य सरोकारवालाले सङ्कलित रकमको हिसाब पारदर्शी हुनुपर्ने बताएका छन् ।
    ‘एक्यापले ५० देखि ६० करोड रुपैयाँ पर्यटन शुल्क उठाउँछ । तर त्यो पैसा कहाँ खर्च हुन्छ भन्ने थाहा छैन,’ उनले भने, ‘त्यो रकम संघ, प्रदेश वा स्थानीय तह कुनै पनि राजस्व खातामा जाँदैन भने त्यो पैसा गएको छ कहाँ ?’ शुक्रबार पोखराका पर्यटन व्यवसायीहरूसँग भेटका क्रममा उनले एक्यापले सङ्कलन गरेको रकमको पारदर्शिता खोज्नुपर्ने बताएका हुन् ।

    त्यसो त गण्डकी सरकारले धेरै पहिलेदेखि एक्याप र एमक्याप प्रदेश सरकार मातहत दिनुपर्ने आवाज उठाउँदै आएको छ । मुख्यमन्त्रीले मात्रै होइन, अन्य सरोकारवालाले सङ्कलित रकमको हिसाब पारदर्शी हुनुपर्ने बताएका छन् ।

    ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले पर्यटकको आगमनसँग त्यसको लाभ स्थानीयले समेत पाउनुपर्ने बताए । ‘एक्यापले उठाएको पैसा पदयात्रा मार्गको विकास, नयाँ गन्तव्यको पहिचान र वन्यजन्तु उद्धारमा कति खर्च गर्‍यो भन्ने पारदर्शी हुनुपर्‍यो,’ उनले भने, ‘संस्था राम्रो हो, तर पैसा उठेपछि काम पनि देखिनुपर्‍यो ।’

    एक्यापभित्र पर्ने १५ स्थानीय तहका प्रमुख–उपप्रमुखले तुरुन्तै एक्याप समुदायलाई हस्तान्तरण गर्नुपर्ने बताउँदै आएका छन् । ‘एक्यापका कारण पालिकाको स्रोत शून्यप्रायः छ । कतैबाट आम्दानी गर्ने बाटो छैन,’ मनाङको नासों गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले भने, ‘एक्याप अब तुरुन्तै पालिकामा हस्तान्तरण हुनुपर्छ ।’ यहाँका १५ वटै पालिका प्रमुखहरू माछापुच्छ्रे गाउँपालिकामा भेला भएर एक्याप विरुद्ध आवाज बुलन्द पारेका थिए । यद्यपि संघ सरकारले उनीहरूको माग सुनुवाइ गरेको छैन ।

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित
  • नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
  • प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे
  • नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित
    ३ हफ्ता अघि

  • २

    नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
    ३ हफ्ता अघि

  • ३

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे
    १ महिना अघि

  • ४

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो
    १ महिना अघि

  • ५

    hii
    १ महिना अघि

  • ६

    नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ
    २ महिना अघि

  • ७

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
    २ महिना अघि

  • ८

    मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट
    २ महिना अघि

  • ९

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का
    २ महिना अघि

  • १०

    सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता
    २ महिना अघि

  • अन्य सबै
    ४ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ५ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ६ महिना अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution