


काठमाण्डौ,४ साउन । भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८१ सम्पन्न,गायन तर्फ बरिष्ठ गायिका चन्द्रकला शाह, संगीत तर्फ बरिष्ठ संगीतकार शिला बहादुर मोक्तानलाई राष्ट्रिय संगीत सम्मान ।
भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८१ बाट गायन तर्फ बरिष्ठ गायिका चन्द्रकला शाह तथा संगीत तर्फ बरिष्ठ संगीतकार शिला बहादुर मोक्तानलाई जनही नगद रु. एक लाख तथा ताम्रपत्रद्धारा सम्मान गरिएको छ ।

सुशीला आचार्य स्वास्थ्य कामना सम्मान २०८१ हास्य कलाकार घनश्याम गौतमलाई प्रदान गरिएको छ । कलाकार घनश्याम गौतमको क्यान्सरका कारण निधन भएकाले उक्त सम्मान वहाँकी धर्मपत्नी घनज्योति गौतमले ग्रहण गर्नुभएको थियो ।
कलाकार गौतमको निधन हुनुअघि नै सम्मानित रकम रु.२५,००० भक्त राज सुशीला पुत्रद्धय सत्य स्वरुपराज आचार्यले अस्पताल नै पुगेर स्वास्थ्य लाभको कामना सहित सम्मान गर्नुभएको थियो । वि.स.२०६७ सालमा भक्तराज संगीत प्रतिष्ठान स्थापित गरी २०७२ सालदेखि यो पुरस्कार निरन्तर प्रदान गर्दै आएको प्रतिष्ठानले जनाएको छ ।
चर्चित कवि तथा उदघोषक भुपेन्द्र खडकाद्धारा सन्चालित उक्त कार्यक्रममा सुप्रसिद्ध गायिका निशा देसार, गायक सुरज थापा तथा गायक स्वरुपराज आचार्यले सम्मानित स्रष्टाहरुका सृजना गाएर सुनाउनु भएको थियो ।

भजन शिरोमणी भक्तराज आचार्यका सुपुत्रहरु गायक तथा संगीतकारद्धय सत्य स्वरुपराज आचार्यद्धारा आफ्ना माता पिताको नामबाट स्थापित उक्त पुरस्कारलाई सहयोग गर्न पाउनु आफ्नो सौभाग्य रहेको कुरा कार्यक्रमका प्रमुख अतिथि सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले बताउनु भयो ।
कार्यक्रमको प्रायोजक सिटी एक्सप्रेस मनी ट्रान्सफर रहेको थियो । संगीत शिरोमणी भक्तराज आचार्यकी धर्म पत्नी तथा सत्य स्वरुपराज आचार्यकी माता सुशीला आचार्यले कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएको थियो । गायक तथा संगीतकार भक्तराज आचार्यको २०८० साल फागुन १४ गते ८२ वर्षको उमेरमा निधन भएको थियो ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution