पीडित परिवारमाथि नै प्रहरीको कुटपिट आरतीको हत्या कि आ;त्महत्या ? दोषीमाथि कारबाहीको माग गर्दै माइतीपक्षको धर्ना ।

काठमाडौँ ३ असार । पीडित परिवारमाथि नै प्रहरीको कुटपिट आरतीको हत्या कि आ;त्महत्या ? दोषीमाथि कारबाहीको माग गर्दै माइतीपक्षको धर्ना ।

गत जेठको ७ गते साँझ ६ः३० बजेतिर धनुषा जिल्लाको नगराइन नगरपालिका, ८ का विनोद प्रसाद साहलाई उनकै सम्धीको नम्बरबाट फोन आयो — आरती (विनोद साहकी छोरी) बेहोस भएकाले जनकपुरको काव्या अस्पताल ल्याएका छौँ, आउनुपर्‍यो ।

सन्धीको फोन पाएलगत्तै विनोदले जनकपुरमा बसेर अध्ययन गरिरहेकी आफ्नी कान्छी छोरी मनिषा साहलाई अस्पताल पठाए र आफू श्रीमतीसहित टेम्पो चढेर ८ किलोमिटर टाढा रहेको जनकपुर पुगे । अस्पताल पुगेकी मनिषाले दिदी (आरती)लाई बेहोस् भएको जस्तो देखेपछि आमालाई फोन गरेर बताइन् ।

आमाले फोनबाटै आरतीका गोडाहरू छाम्न भनिन्, मनिषाले आरतीका गोडाहरु कक्रक्क परेको बताएपछि आमाले रुँदै फोन काटिन् । मनिषाले काव्या अस्पतालका डाक्टरसँग आरतीको अवस्थाबारे बुझिन् । जवाफ पाइन् — अस्पताल ल्याउँदा आरतीको मृत्यु भइसकेको थियो ।

त्यसको केही समयमा प्रहरी पनि अस्पताल आइपुग्यो र सोधपुछ सुरु गर्‍यो । सोधपुछपछि आरती साहका ससुरा मदन मोहन साह भन्ने मदन मोहन ब्याहुत सुडी र श्रीमान् मोती बाबु साहले घरमै झुन्डिएको अवस्थामा आरतीलाई फेला पारेकाले उद्धार गरी अस्पताल ल्याएको तर अस्पताल ल्याउँदा चिकित्सकले मृत्यु भइसकेको भनी घोषणा गरेको बताए ।

त्यसपछि घटनास्थल गएर प्रहरीले मुचुल्का तयार पार्‍यो । घरको एक कोठाको सिलिङ फ्यानमा एउटा सल भेटिएको थियो, जसको प्रयोग गरी आरतीले झुन्डिएर आत्महत्या गरेको बताइयो ।
आरतीको घाँटीमा आत्महत्या गर्दा हुनेजस्तै घाउ थियो भने गाला र शरीरका अन्य भागमा पनि विभिन्न घाउ थिए ।

आरतीका माइती पक्षलाई भने उक्त घटना आत्महत्या नभएर हत्या नै भएको शंका भयो । त्यसपछि उनीहरूले प्रहरीमा आरतीका ससुरा र श्रीमानविरुद्ध कर्तव्य ज्यानको जाहेरी दिन खोजे ।
सुरुमा धनुषा प्रहरीले आरतीको माइतीपक्षबाट आएको जाहेरी दर्ता गर्न मानेन ।

घटना हेर्दा आत्महत्याजस्तो देखिएकाले बरु आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गर्न सकिने प्रहरीको भनाइ थियो । पोस्टमार्टम रिपोर्ट नआएसम्म जाहेरी दर्ता नगर्ने पनि प्रहरीले बताएको थियो । जेठ ८ गते अपराह्न १ बजे आरतीको शवको पोस्टमार्टम भयो । रिपोर्टले झुन्डिएको र त्यो आत्महत्या हुन सक्ने भन्यो ।

साथै त्यही रिपोर्टमा गालामा चोट भएको र चोट भित्री भागसम्म भएको उल्लेख थियो । यही आधारमा कुटपिट गरी हत्या भएको दाबी गर्दै आरतीका माइतीपक्ष प्रहरीमा जाहेरी दर्ता गर्न गए, फेरि पनि प्रहरीले जाहेरी दर्ता गर्न मानेन । प्रहरीलाई दबाब दिन उनीहरुले जिल्ला प्रहरी कार्यालयअगाडि शव राखेर आन्दोलन गरे ।

प्रहरीले कर्तव्य ज्यानमा जाहेरी दर्ता गरेर अनुसन्धान गर्ने प्रतिबद्धता जनाएपछि मात्र शवको दाहसंस्कार गरियो । दाहसंस्कार सकिएलगत्तै प्रहरीले आरतीका ससुरा मदन मोहन साह भन्ने मदन मोहन ब्याहुत सुडी र श्रीमान मोती बाबु साहलाई पक्राउ गर्‍यो । अनुसन्धानका क्रममा मोतीबाबु साहले बयान दिए — म दिनभर बाहिर गएर साँझ ५ बजेतिर घर पुगेको थिएँ ।

ढोकाभित्रबाट चुकुल लगाइएको थियो । तीन–चारपटक ढकढक गर्दा पनि ढोका नखुलेपछि बाहिरबाट लात्तीले हानेर ढोका फुटालेर भित्र पसेँ । भित्र आरती झुन्डिएको अवस्थामा देखेपछि हतारहतार उचालेर सल खोली खाटमा राखेँ । त्यसपछि बुवालाई बोलाएर उपचारका लागि अस्पताल पुर्‍यायौँ तर अस्पतालले मृत्यु भइसकेको बतायो ।

बयानकै क्रममा मोतीबाबुले झगडा हुँदा सोही दिन आफूले आरतीलाई तीन–चार थप्पड हानेको समेत बताएका छन् । मोतीबाबुका बुवा तथा आरतीका ससुराले पनि आफू छोरा–बुहारीको कोठामा पुग्दा बुहारी अचेत अवस्थामा देखेपछि उपचारका लागि अस्पताल लगेको बयान दिएका छन् ।

जेठ ७ गते साँझ ५ः१५ बजे सलको पासो लगाएको अवस्थामा आरतीलाई फेला पारिएको र अचेत अवस्थामा रहेको भनिए पनि जेठ ८ गते अपराह्न १ बजेको आएको पोस्टमार्टम रिपोर्टमा आरतीको मृत्यु २४ देखि ३६ घन्टा पहिले भइसकेको भनी उल्लेख छ ।

यता माइती पक्षले आरोप लगायो — दाइजोको निहुँमा आरतीमाथि पटकपटक कुटपिट हुने गरेको, कुटपिट गरेरै हत्या गरिएको र हत्यालाई आत्महत्या बनाउन झुन्डिएको भनी बहाना बनाइयो । सूक्ष्म अनुसन्धान गरी दोषीलाई कारबाही हुनुपर्ने माइती पक्षको माग थियो ।

ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *