काठमाडौँ ५ साउन , बंगलादेशमा वायु सेनाको एफ७ विमान राजधानी ढाको उत्तरामा सोमबार दुर्घटना भएको छ । विमान माइलस्टोन स्कुल तथा कलेजको भवनमा खसेको हो । सरकारी अधिकारीहरूले घटनामा कम्तीमा एक जनाको मृत्यु भएको जानकारी दिएका छन् । हाल उद्धारको काम जारी रहेको छ ।
अग्नि नियन्त्रण सेवाको कन्ट्रोल रुममा ड्युटी अफिसर लिमा खनामले स्थानीय समयअनुसार १ बजेर १८ मिनेट जाँदा दुर्घटनाबारे पहिलो जानकारी आएको बताए । सामाजिक सञ्जालमा साझा गरिएको भिडियोहरूमा धेरै मानिसहरुलाई घाइते अवस्थामा उद्धार गरिएको देखिएको छ । उनीहरूलाई उत्तरा आधुनिक हस्पिटल लगायत अन्य अस्पतालमा लगिएको छ । डेप्युटी कमिस्नर अफ पुलिस मुहिदुल इस्लामले एउटा प्रशिक्षण विमान दुर्घटना भएको र हाल उद्धार कार्य जारी रहेको जानकारी दिए ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution