


काठमाण्डौ,५ असार ।
आजको राशिफल : दयाकाखानी, दु;ख द;रिद्र हर्ने, मंगलमुर्ती बिघ्नहर्ता, भगवान गणेशको दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित । सर्वदु;खहरेदेव: गजाननानमोस्तुते,जयजय करुणादेव:बिघ्नहर्ता नमोस्तुते,सर्वबिघ्न हरेदेव: लम्बोदर नमोस्तुते, |
आज यी राशिहरुलाई, भगवान गणेशको आशिर्बाद । समस्तपा;पनाश गर्ने,बाधा बिपत्ती,बिघ्न,संकट,हर्ने,भक्तको रक्षा गर्ने, मनोकामना पूर्ण गर्ने, छिट्टै प्रसन्न हुने, हरेक कार्य सिद्ध गर्ने, अकाल मृ;;त्यु निवारण गर्ने, सच्चा भक्तलाई एकदम मायाँ गर्ने,धन सम्पत्ति दिने,शक्तीप्रदान गर्ने,बिजयी प्रदान गर्ने,|
बल बुद्धि बिद्या, प्रदान गर्ने, रोग दोष नाश गर्ने,। शुख शान्ती सम्वृद्धि प्रदान गर्ने, यस्ता जगतका भगवान गणेशलाई सच्चा मनले दर्शनगरि, शुद्ध जल,दुर्व चढाएर दिनको सुरुवात गरौँ,परिवारमा भगवान गणेशको कृपादृष्टि हुनेछ । पुण्य गरे आफैलाई हो हजुर,मन्दिर जान नसकेपनि जहाँ छौँ त्यहिँ बाट दर्शन गरौँ,पुण्य प्राप्त हुनेछ, मनले चाहेको पुग्नेछ ।
मेष : (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। साँझदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। बेसुरमा काम गर्ने बानीले मिहिनेत खेर जान सक्छ। प्रक्रिया नमिल्नाले पनि काम दाेहाेर्याउनुपर्ला।
बृष : (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। विविन्न भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ। दिगो काम प्रारम्भ हुनाले आम्दानीका स्रोत बढ्नेछन्। अध्ययनमा प्रगति हुनुका साथै अनुभवलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ। विभिन्न स्रोत-साधन प्राप्त हुनेछन् र साँझतिर कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। नगद जुट्नाले दैनिकीमा परिवर्तन आउनेछ।
मिथुन : (का,की,कू,घ,ङ,छ,के,को,हा)
इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। सानो प्रयत्नले दिगो काम प्रारम्भ गर्न सकिनेछ। बोलीका भरमा काम सम्पादन हुनेछ।
कर्कट : (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। साँझतिर परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ। तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ।
सिंह : (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। साँझतिर बसाइको स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना देखिन्छ। तर खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ। सरसापट र भैपरी आउने कामले रकम बाहिरिन सक्छ। परिस्थितिजन्य समस्याले अलि दु:ख पाइनेछ।
कन्या: (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
कीर्तिमानी कामको यश लिँदै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। कर्मयोगले आम्दानी समेत बढाउनेछ। मेहनतले आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। तर व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका लागि काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।
तुला : (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ। समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख भने पाइनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामा प्रवृत्त गराउनेछ। शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मनिश्चय गर्ने समय छ। साँझतिर कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ।
बृश्चिक : (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
स्वास्थ्य कमजोर रहनाले काम पूरा गर्न समय लाग्नेछ। जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला। साँझदेखि स्थितिमा सुधार आउनेछ। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। पछि फाइदा हुने काम गर्न सकिनेछ।
धनु : (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
सुरुमा रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। आतिथ्यपूर्ण सत्कार पाइने समय छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ। तर आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। साँझतिर स्वास्थ्यमा कमजोरी देखापर्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले उही काम दोहोर्याउनुपर्ला।
मकर : (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ। द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ। आँट गर्दा ठूलै काम पनि सम्पादन हुनेछन्। साँझतिर भने आशा देखाउनेहरूले धोका दिनेछन्। आफ्नै वचनबद्धता पालना गर्न नसकिएला। अरूका काममा समय बित्न सक्छ।
कुम्भ : (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनमा प्रगति हुनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। साँझदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानीका स्रोत पनि बढ्नेछन्। प्रतिस्पर्धामा विजयी भइनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका पनि दिलाउन सक्छ।
मीन : (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ। अरूलाई दिएको वचन पूरा गर्न नसकिए पनि शुभचिन्तकहरूले साथ दिनेछन्। साँझदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। आम्दानीका स्रोत बढ्नेछन्।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution