काठमाण्डौ, ५ असार ।
भारतीय फिल्म ‘आदिपुरुष’ का संवाद लेखक मनोज मुन्तशिरले नेपाल सन् १९०४ सम्म भारतकै भाग रहेको बताएका छन्। नेपालमा ‘सीता भारतकी छोरी हुन्’ भन्ने संवादलाई लिएर विवाद भएको थियो। फिल्मको विवादित संवादबारे एक भारतीय टेलिभिजनसँग कुराकानी गर्दै उनले सन् १९०४ सम्म नेपाल भारतकै भाग रहेको बताएका हुन्।
‘नेपालको विरोध मैले अझै बुझ्न सकेको छैन। यो त्यतिबेलाको कहानी हो, जतिबेला नेपाल भारतको एक अंश थियो। यदि हामीले सीतालाई भारतकी छोरी भनिरहेका छौं भने नेपाल त्यतिबेला कहाँ भारतबाट अलग थियो,’ उनले भने, ‘नेपाल त १९०३ वा १९०४ मा भारतबाट अलग भएको हो। भारत नै थियो नेपाल। त्यस हिसाबले सीता भारतकी छोरी थिइन्।’
उनले आज पनि नेपाल र भारतलाई अलग नमान्ने बताएका छन्। ‘यदि नेपालीहरूलाई कुनै आपत्ति छ भने मसँग कुरा गर्दा हुन्छ म उनीहरूलाई सम्झाउन सक्छु। त्यतिबेला सीता भारतकी छोरी थिइन्। देशको हिसाबले अलग हुन सक्छ तर राष्ट्रको हिसाबले भारत र नेपाल आज पनि अलग छैन। उनीहरू त हाम्रो भाइ नै हुन्। हामी नै हौं। म नेपालीलाई आफूभन्दा अलग मान्दिनँ,’ उनले भने।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९९८४७४२५२६०/९८२३०८०६२५
Address:
Kathmandu-10, Bagmati2021 - 2024 cbnepal.com
Designed by: Goji Solution