


काठमाडौं, साउन १० – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालको सत्ता संरचना शिक्षकप्रति अपमानजनक रहेको आरोप लगाएका छन्। काठमाडौंको सितापाइला स्थित सहिद शिक्षक स्मृति केन्द्रमा बहुउद्देश्यीय भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले माओवादी केन्द्र सरकारमा भएको भए शिक्षकहरू सडकमा आउनुपर्ने अवस्था नै आउने थिएन भन्ने दाबी गरे।
प्रचण्डले भने, “शिक्षकहरूलाई संविधानले दिएको सम्मान कार्यान्वयन भएको भए उनीहरू सडकमा आउनुपर्दैनथ्यो। माओवादी केन्द्र सरकारमा भएको भए शिक्षकमाथि यस्तो अपमानजनक व्यवहार कदापि हुने थिएन।”
उनले हालको सरकारले आफैंले शिक्षकसँग गरेका सहमति कार्यान्वयन गर्न तत्परता नदेखाएको भन्दै आक्रोश व्यक्त गरे। “सरकार तयार नभएपछि तपाईंहरू आन्दोलनमा जान बाध्य हुनु भयो, तर त्यसक्रममा अपमानजनक व्यवहार भयो,” उनले स्पष्ट शब्दमा भने।
शिक्षा विधेयकको विषयमा समेत टिप्पणी गर्दै प्रचण्डले संसदमा विधेयकको मर्मविपरीत गरिएका संशोधनलाई षड्यन्त्रको संज्ञा दिए। “हामी सरकारमा हुँदा शिक्षकको माग समेटिएको विधेयक ल्याइएको थियो, अहिले त्यही विधेयकमाथि षड्यन्त्र भइरहेको छ,” उनले आरोप लगाए।
कांग्रेस–एमालेलाई ‘वैचारिक खडेरी’ को आरोप
कार्यक्रममा प्रचण्डले प्रमुख विपक्षी दल नेपाली कांग्रेस र एमाले दुवैमा वैचारिक नेतृत्वको खडेरी रहेको टिप्पणी गरे। “एमालेमा जवजको उत्तराधिकारीको अन्योल छ,” भन्दै उनले अध्यक्ष ओलीले मदन भण्डारी सम्बन्धी दिएका अभिव्यक्तिप्रति समेत आक्रोश व्यक्त गरे।
उनले माओवादी केन्द्र भने अझै जनतासँग जोडिने प्रयासमा सक्रिय रहेको बताए। “हामी अहिले आठौं महाधिवेशनको नीति अनुसार जनसंपर्क अभियानमा छौं। हाम्रो पार्टीमा नैतिक स्पष्टता र वैचारिक नेतृत्व अझै जीवित छ,” उनको भनाइ थियो।
हजुर कता?
रमाईलो र मनोरञ्जन खोज्दै हुनुहुन्छ?
भिडियो, गीत–सङ्गीत र सकारात्मक उर्जाले भरिपूर्ण सामग्री हेर्न चाहनुहुन्छ भने Chiranjivi Bhandari YouTube च्यानल मा आजै जोडिनुहोस् ! 🎬🎶
मन छुने भिडियोहरू यहीं छन्:
Chiranjivi Bhandari YouTube Channel
सम्पूर्ण समाचार र रमाईलोका लागि:
CB Nepal फेसबुक पेज
रमाईलो कुरा फेसबुक पेज
CBNepal YouTube च्यानल
हामी तपाईंलाई मनोरञ्जनका साथसाथै पलपलको सूचना, समाचार र सामाजिक अपडेटहरू दिने निरन्तर प्रयासमा छौं।
आउनुहोस्, काँधमा काँध मिलाएर हातेमालो गरौँ।
Like, Share, Follow अनि Subscribe गर्न नबिर्सिनु होला है हजुर!
1. Na Jiuna Sake Na Marna Sake – Satya Raj Acharya & Chiranjivi Bhandari
2. Nai Nabhana – New Nepali Dancing Song 2024
3. Timi Sangai Huna – Love Song by Milan Newar & Chiranjivi Bhandari
4. Tum Dil Ki Dhadkan Mein – Unplugged Cover by Chiranjivi Bhandari (2019)
5. Bistarai Bistarai Timi Meri – Melina Rai & Chiranjivi Bhandari








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution