

ओखलढुंगा — जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख बालकुमार खनालका लागि यौन पार्टनर खोज्ने आरोपमा समितिकी कार्यालय सहयोगी प्रमिला विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार, १३ वर्षीया विद्यालय उमेरकी एक किशोरीलाई विभिन्न प्रलोभन देखाएर खनालसँग यौन सम्पर्क गर्न विश्वकर्माले प्रस्ताव गरेकी थिइन्। गलत मनसायले सुरु भएको कुराकानीलाई पीडित किशोरीले रेकर्ड गरिन् र साथीभाइ तथा शिक्षकलाई सुनाइन्। पीडित पक्षले अन्याय नसहने निर्णय गर्दै प्रहरीमा उजुरी दिएपछि साउन २१ गते विश्वकर्मा पक्राउ परिन्।
प्रलोभनका आश्वासन
२६ मिनेट २४ सेकेन्ड लामो अडियो रेकर्ड भिजनसँग सुरक्षित छ। अडियोमा विश्वकर्माले ती किशोरीलाई बारम्बार खनालसँग भेट्न र नियमित साथी बन्न अनुरोध गरेको स्पष्ट सुनिन्छ।
उनले दिएको प्रलोभनहरूमा —
मोबाइल किन्दिने
पढाइ खर्च उपलब्ध गराउने
घुमाउन लैजाने
खेलकुद कार्यक्रममा भत्ता दिने
गर्भ नबस्ने औषधी खुवाउने आश्वासन
त्यस्तै उनले भनेकी छन् — “अहिलेको जमानामा को चोखो हुन्छ र? ठुला मान्छेसँग सम्पर्कमा रह, रमाउनु अनि पछि अर्कैसँग विवाह गर। तर अरुलाई नबता, महिलाको इज्जत जान्छ।”
जसको आदेशमा?
सुरुमा आफैंले प्रस्ताव गरेको स्वीकार गरेकी विश्वकर्माले अनुसन्धानकै क्रममा खनालको अनुरोधमा किशोरीलाई प्रस्ताव गरेको बताइन्। यद्यपि, खनालले उनलाई प्रयोग गरेका हुन् वा विश्वकर्माले खनालको नाम मात्र जोडेकी हुन् भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
अहिलको अवस्था
विश्वकर्मा हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा छिन् र बालबालिका विरुद्धको कसुरमा ५ दिनको म्याद थपेर अनुसन्धान जारी छ।
खनालसँग सम्पर्क गर्न खोज्दा उनको फोन उठेन।







अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution