Headlines

मेयर ‘बालेन’ शाह विरुद्धको, अदालतको अवहेलना मुद्दाको सुनुवाइ, न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा ।

काठमाण्डौ,११ असार ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’विरुद्धको अदालतको अवहेलना मुद्दाको सुनुवाइ न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा तोकिएको छ ।

गत शुक्रबार अधिवक्ता वर्षाकुमारी झाले बालेनविरुद्ध दिएको अदालतको अवहेलनासम्बन्धी रिट निवेदनमाथिको सुनुवाइका लागि आइतबार न्यायाधीश ढुंगनाकै इजलासमा पेसी तोकिएको थियो । तर, हेर्न नभ्याइनेमा परेपछि पुनः आज तोकिएको हो ।

भारतीय फिल्मसम्बन्धी उच्च अदालत पाटनको आदेशलाई लिएर दिएको मेयर बालेनको अभिव्यक्तिले अदालतको अवहेलना भएको अधिवक्ता झाले रिट निवेदनमा दाबी गरेकी छन् ।

ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *