


काठमाण्डौ, १९ असोज । दुई दिनको अविरल वर्षाका कारण बाढी पहिरो, चट्याङ, गाडी दुर्घटना, खोलाले बगाउँदा ४० जनाको मृत्यु, ११ जना बेपत्ता ।
असोज १८ र १९ गते देशका विभिन्न स्थानमा भएका दुर्घटनामा ४० जनाको मृत्यु भएको छ । दुई दिनको अविरल वर्षाका कारण बाढी पहिरो, चट्याङ, गाडी दुर्घटना तथा खोलाले बगाउँदा उक्त क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सबैभन्दा बढी कोशी प्रदेशमा मानवीय क्षति भएको छ ।
उक्त प्रदेशको इलाममा मात्र बाढी पहिरोमा परी २८ जनाको मृत्यु भएको छ । त्यस्तै उदयपुर, खोटाङ र पाँचथरमा नौ जनाको मृत्यु भएको छ । ५ जना बेपत्ता भएका छन् । त्यसैगरी मधेस प्रदेशको रौतहटमा ३ जनाको मृत्यु भएको र बारामा एक जना बेपत्ता रहेका छन् ।
बागमतीको रसुवामा चार जना बेपत्ता र काठमाडौँमा १ जना बेपत्ता रहेका छन् । यो सहित बेपत्ताको संख्या ११ पुगेको छ । दुई दिनको अविरल वर्षाका कारण बाढी पहिरो, चट्याङ, गाडी दुर्घटना, खोलाले बगाउँदा ४० जनाको मृत्यु, ११ जना बेपत्ता ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution