

काठमाण्डौ, २१ असोज । निर्वाचन आयोगका पदाधिकारीले मंगलबार प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्दैछन्। फागुन २१ गतेका लागि हिजो कार्यतालिका सार्वजनिक गरेको आयोगले आवश्यक तयारीबारे छलफल गर्न लागेको हो।
दिउँसो ३ बजे सिंहदरवारमा छलफल तय भएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए। उनका अनुसार मतपेटिका र मतपत्र लगायतका सामग्रीहरू आयोगसँग जगेडा छन्। त्यसबाहेक नयाँ खरिद गर्नुपर्ने सामग्रीहरूको आन्तरिक विश्लेषण आयोगले गरिरहेको छ।
त्यसभन्दा पनि बढी दलहरूसँगको समन्वय चुनौतीपूर्ण बनेको छ। घिमिरेका अनुसार छिट्टै सर्वदलीय बैठक बोलाउनेबारे आयोगमा तयारी भइरहेको छ। त्यही बैठकमार्फत् दल र सरकारबीचको संवादहीनतासमेत तोड्नेगरीको तयारी भइरहेको छ।
यसबारे समेत आजको बैठकमा थप छलफल हुनेछ।आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार चुनावमा भाग लिन चाहने नयाँ दलले कात्तिक ३० गतेभित्र दर्ता भएको प्रमाणपत्र लिइसक्नुपर्नेछ। निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय भने मंसिर १ देखि १० गतेसम्म तय गरिएको छ।
भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका कारण संसद विघटन भएपछि फागुन २१ गते मध्यावधि निर्वाचन घोषणा गरिएको थियो। आयोगले सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |







अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution