• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१९ जेष्ठ २०८३, मंगलवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित

३ हफ्ता अघि
२

नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
३

प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

१ महिना अघि
४

नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

१ महिना अघि
५

hii

१ महिना अघि
६

नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ

२ महिना अघि
७

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने

२ महिना अघि
८

मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट

२ महिना अघि
९

प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

२ महिना अघि
१०

सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

२ महिना अघि
११

प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा

३ महिना अघि
१२

बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे

३ महिना अघि

धेरै पढिएका

  • १

    सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित

    ३ हफ्ता अघि
  • २

    नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    ३ हफ्ता अघि
  • ३

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

    १ महिना अघि
  • ४

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

    १ महिना अघि
  • ५

    hii

    १ महिना अघि
  • ६

    नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ

    २ महिना अघि
  • ७

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने

    २ महिना अघि
  • ८

    मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट

    २ महिना अघि
  • ९

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

    २ महिना अघि
  • १०

    सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

    २ महिना अघि
  • सिंहदरबार जल्दा महानगरले हेरेर बसेको भन्नेहरुलाई बालेनको जवाफ : सत्य बुझौं, अफवाह फैलाउने काम नगरौं

    CB Nepal७ महिना अघि

    काठमाडौं – काठमाडौं महानगरका प्रमुख बालेन शाहले सिंहदरबार जल्दा महानगरले हेरेर बसेको भन्नेहरुलाई जवाफ दिएका छन् । उनले सिंहदरबार जलेको लगत्तै दमकल जाने प्रयास गरेतापनि आन्दोलनकारीको अवरोधले गर्दा दमकल जान नसकेको स्पष्ट पारेका छन् ।

    उनले भनेका छन्,”नेपाली सेनाको दमकल सिंहदरबार भित्रै हुँदापनि निभाउने प्रयास गर्न सकेको थिएन,कारण थियो हुलले दमकललाई काम गर्न नदिएको जब भिड अलिक शान्त हुने बित्तिकै २४ गते साझ ८स्१५ भित्रै काठमाडौँ महानगरको दमकल त्यहाँ पुगेको थियो। हामी कुनै आरोपबाट भाग्दैनौं, जिम्मेवारीबाट त अझै होइन।

    यत्रो सिंहदरबार जल्दा काठमाडौँ महानगरको दमकल कहाँ गयो?” “तीन दिनसम्म जलेको हेरेर बस्यो?” “सिंहदरबार जलाउने नै बालेन शाह हो! यस्ता प्रश्न र आरोप केही दिनदेखि उठिरहेका छन्। हुनत यस्तो प्रश्न र आरोपको स्पष्टीकरण दिनु आवश्यक पनि छैन, प्रत्येक नागरिकलाई सूचना लिन अधिकार छ, ।

    आवस्यक जो सुकैले सुचनाको हक ( Right to information RTI )को आधारमा महानगरबाट जानकारी लिन सक्नुहुन्थ्यो र सक्नुहुन्छ पनि। तर पनि, हुदै नभएको गलत आरोप फैलाउनेहरूलाई एकमुष्ट रूपमा सम्बोधन गर्न यो लेख्दैछु।

    गत भदौ २४ गतेको दिन धेरैले बिर्सिसक्नु भयो होला। त्यो दिन राति ८ बजेसम्म देश नै अस्तव्यस्त थियो एक हिसाबले भनौ त्यो बेला “राज्य” नै ठप्प थियो। त्यो दिन देशमा सरकार त थिएन तर स्थानिय सरकार काठमाडौं महानगर आफ्नो दायित्वबाट पछाडी हटेको थिएन ।

    सिंहदरबारदेखि व्यापारिक प्रतिष्ठान, व्यक्तिगत घरदेखि सार्वजनिक सम्पत्तिसम्म सबैतिर आगो थियो। न सरकार थियो, न सुरक्षा संयन्त्र , न प्रहरीले आफ्नो चौकी जोगाउन सके यस्तो पूर्ण अराजक स्थितिमा सम्पूर्ण संरचना नै ढलेको थियो। सवारीसाधन आवतजावतको त कुरै छाडौ मान्छे समेत हिडडुल गर्न सक्ने अवस्था थिएन ।

    तरपनि हाम्रो टिम दिन रात नभनी आगो निभाउन, घाइतेहरुको उपचार, कुरुवा र बिरामीको लागि खाना,लजिस्टिक व्यवस्थापन, स्वास्थ्यकर्मी व्यवस्थापन,रगत व्यवस्थापन, औसधि व्यवस्थापन, लास व्यवस्थापन, जलेका संरचनाहरुको तथ्याङ्क संकलन,जलेका गाडीहरुको व्यवस्थापन ,फोहोर व्यवस्थापन र विभिन्न सरोकारवाला निकाय हरु संगको समन्वयमा व्यस्त थियो।

    जिउज्यानको जोखिम मोल्दै फिल्ड मा खटिनुहुने सम्पूर्ण प्रति सम्मान ब्यक्त गर्दछु। सिंहदरबार जलेको लगत्तै दमकल जाने प्रयास गरेतापनि आन्दोलनकारीको अवरोध ले गर्दा दमकल जान सकेको थिएन, नेपाली सेनाको दमकल सिंहदरबार भित्रै हुदा पनि निभाउने प्रयास गर्न सकेको थिएन, ।

    कारण थियो हुलले दमकललाई काम गर्न नदिएको जब भिड अलिक शान्त हुने बित्तिकै २४ गते साझ ८:१५ भित्रै काठमाडौँ महानगरको दमकल त्यहाँ पुगेको थियो। हामी कुनै आरोपबाट भाग्दैनौं, जिम्मेवारीबाट त अझै होइन।

    काठमाडौं महानगरको न्युरोडमा २ वटा, बालाजु मा २ वटा र रामहिटी मा १ वटा गरि जम्मा जम्मा ५ वटा दमकल संचालनमा रहेका छन्। १४ जना नगर प्रहरी र ३० जना शसस्त्र प्रहरी गरि जम्मा ४४ जनाको टिम ले ३ शिफ्ट मा काम गर्नुहुन्छ , १ शिफ्ट मा १ दमकल मा बढीमा ३ जना मात्र जनशक्ति मार्फत दमकल संचालन गरिएको छ।

    २३ गते केहि स्थानमा र २४ गते सिंहदरबारमात्रै होइन, काठमाडौंमात्रै होइन, सिङ्गो देश जल्दै थियो ।महानगर भित्र जुनसुकै संरचना जले पनि जोगाउने प्रमुख दायित्वबोध हामीले गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो।

    अब कुरा गरौ दमकल को ५/२३ गते दिउसो १:३० देखि ५ बजे सम्म संसद भवन अगाडी आगो लागिरहेको एम्बुलेन्स मा न्युरोड र रामहिटी दमकल ले आगो निभाइरहेको थियो भने न्युरोडकै अर्को दमकल ले सुन्धारा र शान्तिनगर बिजुली को पोल मा आगो निभाइरहेको थियो, ।

    २४ गते बिहानै देखि कुनै पनि दमकल संचालन मा आउन सकेको थिएन , २४ गते राति ८ बजे देखि १ बजे सम्म बिशाल बजार जनसेवा प्रहरी वृत , हिमालयन बैंक र रास्ट्रीय बाणिज्य बैंक बानेश्वोर मा मा न्युरोड दमकल ले तथा नयाँ बसपार्क मा बालाजु र रामहिटी दमकल ले आगो निभाई रहेको थियो।

    २४ गते नै राति ८:१५ देखि ९:४५ सम्म, २४ गते को राति २५ गते बिहान १:४५ देखि ३:०० बजे सम्म, २६ गते दिउसो ३:३० देखि ६:५० सम्म र सोहि दिन साझ ५ बजे देखि ६ बजे सम्म सिंहदरबार मा आगो निभाइरहेका थिए।

    २५ गते दिउसो १२:२० देखि १:३० सम्म संसद भवन, २५ गते नै दिउसो ३:३० देखि ४:३० सम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोग को कार्यालय, डिल्लीबजार कारागार लगायत का स्थानमा, २६ गते बिहान ९:२५ देखि १०:१५ सम्म, २७ गते बिहान ८:०० देखि ९:१५ सम्म, सोहि दिन साझ ४ बजे देखि ६ बजे सम्म सर्बोच्च अदालत परिसर मा आगो निभाएको त्यहाको महत्वपूर्ण कागजहरु बचाएको प्रमाण हामी सङ सुरक्षित नै छ ।

    त्यस्तै आन्दोलन सुरु भएको दिन २३ गते देखि २८ गते सम्म हाम्रो दमकल माथि उल्लेखित र काठमान्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय,बबरमहल जिल्ला अदालत,चुच्चे पाटि भाटभटेनी, जिल्ला प्रसासन कार्यालय, यातायात व्यवस्था बिभाग, शहरी बिकास बिभाग, ग्राण्डि अस्पताल नजिकैको गोदाम, थापाथली डाटा सेन्टर, एन सेल डाटा सेन्टर, बालाजु प्रहरी वृत, स्वयम्भु प्रहरी वृत, नक्साल हिल्टन होटल, नक्साल भाटभटेनी, कुलेश्वोर घर मा, चाक्सीबारी घर मा, बालुवाटार भाट भटेनी गोदाम मा, रानीपोखरी प्रहरी, कोटेश्वोर भाटभटेनी, गुणस्तर बिभाग भाटभटेनी नक्साल मन्दिर पछाडी फर्निचर, सडक बिभाग लगायतका स्थान मा ५५ पटक भन्दा धेरै हाम्रो दमकल पुगेको छ।जसको बिस्तृत विवरण यहि राखेको छु। संगसंगै हिल्टन होटल, बनबासा होटल लगायत बाट सेना समेत को सहकार्य मा उद्धार कार्य गरिएको थियो।

    अब कुरा गरौ स्वास्थ्यकर्मी व्यवस्थापन, घाइतेको उपचार र सहिदहरुको लास व्यवस्थापन को ,संघिय सरकार ले घोषणा गर्नुपूर्व नै महानगर भित्रका सम्पूर्ण अस्पताल लाइ निशुल्क उपचारको लागि समन्वय,अस्पतालको लागि आवस्यक औसधि व्यवस्थापन, नपुग स्वास्थ्यकर्मीको व्यवस्थापन, रगत व्यवस्थापन , बिरामी तथा बिरामी कुरुवाहरुको लागि निशुल्क खाजा/खाना, अन्य आवस्यक लजिस्टिक,सुत्नको लागि म्याट लगायत अन्य सामाग्रीको व्यवस्थापन मा महानगरको सचिवालय,नगरप्रहरी, स्वास्थ्यकर्मी लगायत को टिम रात दिन खटिएको थियो।

    उपचारको लागि अभिभाबक नभएका सम्पूर्ण बिरामीहरुको अभिभाबक हाम्रो टिम बनेको थियो एति सम्म कि, अपरेसन गर्दा Informed Consent Formमा समेत हाम्रो नगरप्रहरी ले जिम्मेवारी लिई हस्ताक्षर गरेको छ।लास व्यवस्थापन को लागि परिवार लाइ आउने जाने, खाने बस्ने व्यवस्थापन पनि महानगर ले गरेको थियो , येतिसम्मकि नेपालि सेना लगायत अन्यको सहकार्यमा लासलाइ घर सम्मै पुर्याउने व्यवस्था समेत गरेका थियौ।

    अन्त्यमा,प्रिय आमा बुवा,दाजु भाइ, दिदि बहिनि, तपाईंहरूको मनमा भय, भ्रम र प्रश्न उठ्नु स्वाभाविक हो। तर बिना तथ्य, डाटा विश्लेषण नगरी निष्कर्ष निकाल्ने विश्लेषकहरू र अफवाह फैलाउनेहरु सङ सावधान रहनु होला ।

    यस्तो कार्यले जनतालाई डर र भ्रममा राख्छ, र दिन रात नभनी खट्ने हाम्रो टिमको मनोबल गिराउछ। मिडियाका मित्रहरूमा विशेष अनुरोध ; कृपया सत्य तथ्य खोजेर मात्र समाचार लेख्नुहोस्। अफवाह नफैलाउनुहोस्। जनताले सही जानकारी पाउने अधिकार राख्छन्।

    हामी महानगरको टिम दिन–रात, जिउज्यानको जोखिम मोल्दै खटिएका थियौ ,मलाई यसको कुनै जस चाइएको छैन कमसेकम आगो निभाउन, घाइतेको उपचार गर्न, बिरामीलाई खाना र औषधि उपलब्ध गराउन, लास व्यवस्थापन गर्न, उद्धार कार्यमा सहयोग गर्न खटिनेलाइ त सम्मानजनक दृष्टिले हेर्नुहोस ।

    जनतासँगको भरोसा, हाम्रो जिम्मेवारी र आपत्कालिन व्यवस्थापनका लागि हामी सधैं खटिरहनेछौं। सत्य बुझौं, अफवाह फैलाउने काम नगरी, सबै मिलेर सुरक्षित, सचेत र मानवताप्रधान समाज बनाऔँ।अन्त्यमा देशलाई एकता र साचो कुराको खाचो छ हल्ला र झुटको हैन ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित
  • नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
  • प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे
  • नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित
    ३ हफ्ता अघि

  • २

    नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
    ३ हफ्ता अघि

  • ३

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे
    १ महिना अघि

  • ४

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो
    १ महिना अघि

  • ५

    hii
    १ महिना अघि

  • ६

    नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ
    २ महिना अघि

  • ७

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
    २ महिना अघि

  • ८

    मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट
    २ महिना अघि

  • ९

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का
    २ महिना अघि

  • १०

    सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता
    २ महिना अघि

  • अन्य सबै
    ४ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ५ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ६ महिना अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution