


काठमाण्डौ,८ मंगसिर । चर्चित बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको छ । चर्चित बलिउड अभिनेता धर्मेन्द्रको निधनमा अमिताभ बच्चन निकै भावुक देखिए, उनको अन्त्येष्टिमा बलिउडका धेरै सेलिब्रेटीहरू उपस्थित थिए । यस क्रममा त्यहाँ अभिनेताको चर्चित फिल्म ‘शोले’का जय अर्थात् अमिताभ बच्चन पनि थिए।
अभिनेताका जेठा छोराले उनलाई दागबत्ती दिएका थिए । धर्मेन्द्रको निधनपछि फिल्म मेकर करण जोहरले पनि शोक व्यक्त गरेका थिए । अभिनेताको शव बोकेको एम्बुलेन्सको तस्बिर र भिडिओहरू सामाजिक सञ्जालमा पनि भाइरल भइरहेका छन् । यसअघि अभिनेतालाई नोभेम्बर १ मा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।
त्यसपछि उनलाई नोभेम्बर १२ मा डिस्चार्ज गरिएको थियो । त्यति बेला नै धर्मेन्द्रको निधन भएको खबरमा पछि भारतीय सञ्चारमाध्यमसहित कैयौँ सेलिब्रेटीले माफी नै मागेका थिए । अस्पतालबाट डिस्चार्ज भएपछि उनको घरमै हेरचाह भइरहेको थियो ।
धर्मेन्द्रको निधनपछि बलिउडमा शोकको लहर छाएको छ । उनको मृत्युले भारतीय सिनेमालाई ठुलो धक्का लागेको छ । अभिनेताका फ्यानहरू यो खबरले स्तब्ध भएका छन् । सामाजिक सञ्जालमा उनलाई श्रद्धाञ्जलिको ओइरो लागेको छ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution