


काठमाडौं, ८ पुष । बिहीवार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले तारेखमा रिहा गर्न आदेश दिएपछि शुक्रवार रूपन्देही जिल्ला अदालतमा धरौटीको प्रक्रिया पूरा गरेर निस्किएका उनले आईतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका थिए ।
गत शुक्रबार कारागारबाट निस्किएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक गतिविधिलाई तीब्रता दिएका छन् ।
सभापति लामिछाने,उपसभापति डोलप्रसाद अर्याल, बालेन र उनका सहयोगी कुमार बेनबीच भेटबार्ता भएको हो । उनीहरूबीच राजनीतिक विषय र भावि योजनाका विषयमा दुईबीच वान टु वान वार्ता भइरहेको स्रोतले बतायो ।
यस्तैमा उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र लामिछानेबीच भेटवार्ता गरेका छन् । उनीहरुबीच सोमबार साँझ काठमाडौंको कमलपोखरीमा रहेको रास्वपाका नेता असिम शाहको घरमा भेटवार्ता भएको हो।








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution