

काठमाण्डौ, २५ पुष । आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, तथा शहरी विकासजस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका मन्त्रालयको जिम्मेवारी सम्हालेको ११५ दिनपछि आज मैले मन्त्री पदबाट राजीनामा दिएको छु।
आज म तपाईंहरूसामु मन्त्री पदबाट राजीनामा दिएको एक जिम्मेवार नागरिकका रूपमा उभिएको छु। सम्माननीय प्रधानमन्त्रीज्यूको अनुरोध र जेन–जी आन्दोलनको चाहनाअनुसार मैले यो जिम्मेवारी स्वीकार गरेको थिएँ।
यस अवसरमा सबैभन्दा पहिले मलाई विश्वास गरी यो जिम्मेवारी सुम्पनुहुने सम्माननीय प्रधानमन्त्रीज्यू तथा परिवर्तनको पक्षमा उभिएको जेन–जी भाइबहिनीप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै, ममाथि भरोसा, आशा र अपेक्षा राख्नुहुने सम्पूर्ण नेपाली जनताप्रति गहिरो आभार प्रकट गर्दछु।
मैले लिएको राजीनामाको निर्णय न त भाग्ने निर्णय हो, न त जिम्मेवारीबाट विमुख हुने प्रयास। यो मेरो आत्मसम्मान, नैतिकता, सिद्धान्त र जनताप्रतिको प्रतिबद्धताको निरन्तरता हो। पदमा रहँदा मात्रै होइन, पदबाट बाहिर रहेर पनि देश र जनताको पक्षमा उभिनु नै साँचो कर्तव्य ठानेको छु । म मान्छु—पदभन्दा ठूलो मूल्य हुन्छ, सिद्धान्त। कुर्सीभन्दा माथि हुन्छ,।
आत्मसम्मान। र, सरकारभन्दा ठूलो हुन्छ, जनता। उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच भएको सहमतिमा मेरो नाम उल्लेख भएको भए पनि उक्त सहमति हालसम्म औपचारिक रूपमा कार्यान्वयनमा आएको छैन। मेरो समर्थन र सद्भाव रहँदारहँदै पनि मैले अहिलेसम्म कुनै पनि राजनीतिक पार्टीको सदस्यता लिएको छैन।
राजनीतिक जीवनमा औपचारिक प्रवेश गरेपछि मात्र पार्टी सदस्यता लिने मेरो स्पष्ट धारणा छ। राजीनामा दिएपछि उक्त पदमा ‘आफ्नो मान्छे’ नियुक्त गर्न दबाब दिएको भन्ने विषयमा नियोजित रूपमा भ्रामक प्रचार गरिएको छ, जसको म स्पष्ट खण्डन गर्दछु ।
सत्य सधैं प्रचारभन्दा बलियो हुन्छ। अन्तरिम तथा चुनावी सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरूले पदमा रहँदै निर्वाचन लडेको इतिहास नेपालकै हो—यो तथ्य स्मरण गराउन आवश्यक ठान्दछु।
यो अवधिमा मैले पदलाई होइन, जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रयास गरेँ। समयको दृष्टिले अवधि छोटो भए पनि महत्वपूर्ण नीतिगत सुधारहरूको बलियो जग बसालिएको छ।
इमान्दार प्रयास गरिए परिवर्तन सम्भव हुन्छ भन्ने आशा र विश्वास नागरिकमा जगाउन सकिएको छ। साथै, राज्यका संयन्त्र किन अपेक्षित रूपमा काम गर्न सकेका छैनन् भन्ने यथार्थ पहिचान गर्ने अवसर पनि प्राप्त भएको छ। समयमै नबन्ने सडक–पुलका कारण नागरिकले भोग्दै आएको पीडाको अन्त्य होस्, ।
सिँचाइ, शहरी सेवा र पूर्वाधारलाई विकासको मेरुदण्ड बनाउने सपना साकार होस्—यी मेरा व्यक्तिगत चाहना होइनन्, यी यस देशका आम नागरिकका साझा आकांक्षा हुन्। यस यात्रामा मलाई विश्वास गर्ने, साथ दिने, हौसला प्रदान गर्ने र खबरदारी गर्ने सबैप्रति म हार्दिक आभार व्यक्त गर्दछु।
म पदबाट बाहिरिएको छु, तर जनताको पक्ष, राष्ट्रको हित र सत्यको बाटोबाट कहिल्यै बाहिरिने छैन। उज्यालो नेपाल बनाउन सशक्त रुपमा राजनीतिक यात्रमा होमिने छु ।
रमाईलो र मनोरञ्जन खोज्दै हुनुहुन्छ?
भिडियो, गीत–सङ्गीत र सकारात्मक उर्जाले भरिपूर्ण सामग्री हेर्न चाहनुहुन्छ भने Chiranjivi Bhandari YouTube च्यानलमा आजै जोडिनुहोस् ! साथै बिहान होस् या सांझ भक्तिभावका भजनहरु पनि सुनेर आनन्द लिनुहोला
मन छुने भिडियोहरू यहीं छन्:
Chiranjivi Bhandari YouTube Channel
सम्पूर्ण समाचार र रमाईलोका लागि:
CB Nepal फेसबुक पेज
CBNepal YouTube च्यानल
हामी तपाईंलाई मनोरञ्जनका साथसाथै पलपलको सूचना, समाचार र सामाजिक अपडेटहरू दिने निरन्तर प्रयासमा छौं।
आउनुहोस्, काँधमा काँध मिलाएर हातेमालो गरौँ।
Like, Share, Follow अनि Subscribe गर्न नबिर्सिनु होला है हजुर!







अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution