

काठमाडौं, २९ पुष । नेपाली कांग्रेसको विशेष महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदैछ । विशेष महाधिवेशन गरिरहेको महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको टोलीले वार्ता गर्न लागेको हो ।
आज हुने वार्तामा विशेष पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी हुने छन् । संस्थापन पक्षबाट उपसभापति पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाँण सहभागी हुनेछन् ।
विशेष पक्षले सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षलाई बोलाए पनि उनीहरू भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा उपस्थित भएका थिएनन् । सभापति देउवाले विशेष महाधिवेशनलाई मान्यता नदिने सन्देश समेत निकटस्थहरूमार्फत् दिइरहेका छन् ।
कांग्रेसका ५१ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिले तत्काल नीति र नेतृत्व परिवर्तनमा जोड दिएका छन् । संस्थापन पक्षले बेवास्ता गरे जारी विशेष महाधिवेशनबाट आजैदेखि निर्वाचन प्रक्रिया थाल्ने उनीहरूको चेतावनी छ ।आज हुने भनिएको वार्ताको स्थान र मिति भने तोकिएको छैन । यो वार्तापछि विशेष महाधिवेशन कसरी अघि बढाउने भन्ने टुंगो लाग्ने नेताहरुले बताएका छन् ।
रमाईलो र मनोरञ्जन खोज्दै हुनुहुन्छ?
भिडियो, गीत–सङ्गीत र सकारात्मक उर्जाले भरिपूर्ण सामग्री हेर्न चाहनुहुन्छ भने Chiranjivi Bhandari YouTube च्यानलमा आजै जोडिनुहोस् ! साथै बिहान होस् या सांझ भक्तिभावका भजनहरु पनि सुनेर आनन्द लिनुहोला
मन छुने भिडियोहरू यहीं छन्:
Chiranjivi Bhandari YouTube Channel
सम्पूर्ण समाचार र रमाईलोका लागि:
CB Nepal फेसबुक पेज
CBNepal YouTube च्यानल
हामी तपाईंलाई मनोरञ्जनका साथसाथै पलपलको सूचना, समाचार र सामाजिक अपडेटहरू दिने निरन्तर प्रयासमा छौं।
आउनुहोस्, काँधमा काँध मिलाएर हातेमालो गरौँ।
Like, Share, Follow अनि Subscribe गर्न नबिर्सिनु होला है हजुर!







अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution