

काठमाडौँ, २९ पुष । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित महाधिवेशनको बन्दसत्र मङ्गलबारसम्मका लागि लम्बिएको छ । मङ्गलबार बिहान ९ बजेदेखि बन्दसत्र पुनः सुरु हुने र निर्वाचन प्रक्रिया अगाडि बढाइने विशेष महाधिवेशन प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलले बताए ।
कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि बन्दसत्रमा छलफल जारी रहेको र नीतिगत निर्णयपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने उनले बताए । दुई प्रतिवेदनमाथि समूहगत छलफल जारी रहेकाले मङ्गलबार प्रत्येक समूहले निष्कर्ष सुनाउने कार्यक्रम छ ।
पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ । सोहीअनुसार प्रक्रिया अगाडि बढेको छ”, संयोजक पोखरेलले भने । उनले महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि नाम दर्ता गर्ने सङ्ख्या बढेको र हालसम्म ६३ प्रतिशत पुगेको जानकारी दिए ।
कांग्रसे संस्थापन समूहले भने विशेष महाधिवेशन स्वीकार गरेको छैन । हिजोदेखि सुरु भएको विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवा उपस्थित हुने अपेक्षा गरिएको थियो । तर, सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायतले विशेष महाधिवेशनलाई अपनत्व ग्रहण गरेका छैनन् । महाराजगञ्जमा आज बसेको संस्थापन समूहको बैठकपछि भने सभापति देउवा महामन्त्रीद्वयसँग संवादका लागि राजी भएका छन् ।
रमाईलो र मनोरञ्जन खोज्दै हुनुहुन्छ?
भिडियो, गीत–सङ्गीत र सकारात्मक उर्जाले भरिपूर्ण सामग्री हेर्न चाहनुहुन्छ भने Chiranjivi Bhandari YouTube च्यानलमा आजै जोडिनुहोस् ! साथै बिहान होस् या सांझ भक्तिभावका भजनहरु पनि सुनेर आनन्द लिनुहोला
मन छुने भिडियोहरू यहीं छन्:
Chiranjivi Bhandari YouTube Channel
सम्पूर्ण समाचार र रमाईलोका लागि:
CB Nepal फेसबुक पेज
CBNepal YouTube च्यानल
हामी तपाईंलाई मनोरञ्जनका साथसाथै पलपलको सूचना, समाचार र सामाजिक अपडेटहरू दिने निरन्तर प्रयासमा छौं।
आउनुहोस्, काँधमा काँध मिलाएर हातेमालो गरौँ।
Like, Share, Follow अनि Subscribe गर्न नबिर्सिनु होला है हजुर!







अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution