


काठमाडौं । भ्रष्टाचार छानबिनका लागि उच्चस्तरीय समिति बनाउने तयारी गरेको अन्तरिम सरकारले अन्ततः सहकारीमा भएका बेथिति छानबिन तथा जाँचबुझ गर्न आयोग गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको अध्यक्षतामा आयोग गठन निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलका अनुसार आयोगको नाम ‘सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग– २०८२’ रहने र यसले निश्चित समयभित्र सरकारलाई प्रतिवेदन बुझाउनेछ ।
सहकारी ठगी अभियोगमा मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानमाथिको संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी कसुर फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयलगत्तै सरकारले सहकारीका बेथिति छानबिन गर्न आयोग बनाएको हो ।
यसअघि, संसद्ले बनाएको छानबिन समितिको प्रतिवेदन टेकेर रास्वपा सभापति रवि, जिबी राई र छविलगायतविरुद्ध विभिन्न जिल्लामा मुद्दा दर्ता छन् । ती मुद्दामा रवि धरौटी र बिगोअनुसारको जमानत बुझाएर रिहा भइसकेका छन् ।
सम्पत्ति शुद्धिकरण र संगठित अपराध मुद्दाका कारण सार्वजनिक पद धारण गर्न नसक्ने भएपछि रविले महान्यायाधिवक्तामार्फत यी अभियोग फिर्ता लिने निर्णय गराएका हुन् । सहकारीमा भएका बेथिति छानबिन तथा जाँचबुझ गर्न आयोग गठन गर्ने । राजधानी दैनिक बाट ।








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution