


काठमाण्डौ, ८ माघ । झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह कोशीका विभिन्न जिल्लामा एक साता चुनावी प्रचार प्रसार गर्ने,राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह कोशीका विभिन्न जिल्लामा एक साता चुनावी प्रचार प्रसार गर्ने भएका छन् ।
उम्मेदवारी दर्ता गर्न माघ ४ गते जनकपुर पुगेका शाहले माघ ६ गते झापामा प्रतिनिधि सभा सदस्यका लागि आफ्नो उम्मेदवारी दर्ता गरेका थिए । उम्मेदवारी दर्तापछि माघ ७ गते दिनभर झापामै रहेर चुनावी गतिविधिमा सक्रिय रहेका उनी माघ ८ गतेदेखि पाँचथर, तेह्रथुम लगायतका जिल्लामा प्रचार प्रसारमा लाग्नेछन् ।
यस विषयमा जानकारी दिंदै रास्वपा उम्मेदवार यज्ञमणि न्यौपानेले बताए, “भोलिबाट पाँचथर, तेह्रथुम र ताप्लेजुङ जाने कार्यक्रम छ । त्यसपछि झापा फर्केर धनकुटा र भोजपुरसम्म प्रचार गर्न जाने योजना छ । यसरी उहाँ कोशी क्षेत्रमा करिब एक हप्ता सक्रिय रहनेछन्।








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution