


काठमाण्डौ, ११ माघ । मेलम्ची नगर प्रमुख आईतमान तामाङले शैक्षिक उपलब्धि हासिलका लागि शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय सरकार सबैको उत्तिकै दायित्व रहेको बताउनुभएको छ । मेलम्ची -९ , रातमाटास्थित सातकन्या माविको त्रिपन्नौ वार्षिक उत्सव तथा अभिभावक भेलाको उद्घाटन गर्दै विद्यालयको स्पष्ट मार्ग चित्रले मात्र शैक्षिक र भौतिक उपलब्धि हासिल हुन सक्ने बताउनु भएको हो ।

उहाँले मेलम्ची नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको बताउनुभएको हो । उपप्रमुख उमा प्रधानले समाज विकासको मुल आधार शिक्षाको विकास भएकाले नगरले शैक्षिक क्षेत्रमा उल्लेख्य लगानी गरेको जानकारी दिनुभयो । उहाँले संघीयता कार्यान्वयन सँगै शैक्षिक क्षेत्रको विकासले फड्को मारेको बताउनुभयो ।

कार्यक्रमका विशेष अतिथि नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि विकास तामाङले शिक्षाको उद्देश्य अक्षर जान्ने मात्र नभएर संस्कार र संस्कृतिको ज्ञान लिनु पनि भएकाले सामुदायिक विद्यालयले सामाजिक अध्ययनलाई जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।
उत्सवको मुल समारोह वडाअध्यक्ष किरणदिप खड्का, नगर शिक्षा अधिकृत लक्ष्मी किशोर सुवेदी, युवा व्यवसायी अनिलकुमार तामाङ, पूर्व वडाअध्यक्ष कमलबहादुर खड्का, समाजसेवी चन्द्रबहादुर तामाङ , जनता माविका प्रधानाध्यापक केदार विष्ट, पूर्व शिक्षक गोपालबहादुर कार्की लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रधानाध्यापक जनक अधिकारीले प्रगति प्रतिवेदन तथा व्यवस्थापन समितिका अध्यक्ष सुनबहादुर घलेकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल आइडल गंगा साेनाम र युवा व्यवसायी अनिलकुमार तामाङलाई सम्मान गरिएको थियो ।








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution