


काठमाण्डौ,६ चैत्र । मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका विभिन्न व्यवसायहरूको आज स्थलगत अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका, उद्योग तथा वाणिज्य कार्यालय, उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च तथा रेडियो मेलम्ची लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागितामा मिति २०८२ साल चैत ४ गते उक्त अनुगमन गरिएको हो।
अनुगमनका क्रममा पेट्रोल पम्प, ग्याँस डिपो, खाद्य वस्तु बिक्रेता लगायत १९ वटा व्यवसायहरूमा निरीक्षण गरिएको थियो। सो क्रममा करिब १३ हजार ५ सय रुपैयाँ बराबरका अखाद्य तथा म्याद गुज्रेका वस्तुहरू जफत गरी नष्ट गरिएको जनाइएको छ।
विश्वका विभिन्न देशहरूबीच भइरहेको द्वन्द्वका कारण इन्धन, ग्याँस तथा खाद्य सामग्रीजस्ता अत्यावश्यक वस्तुको आपूर्ति प्रभावित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै बजारमा कृत्रिम अभाव र सम्भावित कालोबजारी नियन्त्रण गर्न अनुगमन गरिएको बताइएको छ। सम्बन्धित निकायले आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिने जनाएका छन्।








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution