


काठमाडौं,१७ असार । काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले बालुवाटारमा रहेको ललिता निवासको सरकारी जग्गा संरक्षण गर्न नगरप्रहरीलाई निर्देशन दिएका छन् । मेयर शाहको निर्देशनपछि आइतबार दिउँसो नगरप्रहरीले खाली जग्गामा तारबार लगाएर राख्ने तयारी गरेको छ ।
बालुवाटारस्थित ललिता निवासको खाली जग्गामा तारबार लगाउने, बनिरहेका घर तथा भौतिक संरचना निर्माणको काम रोक्न लागेको काठमाडौं महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले रातोपाटीलाई जानकारी दिए ।
पाण्डेले,‘हामी ललिता निवासको जग्गा संरक्षण गर्न जाँदैछौँ । खाली छ भने तारबार लगाउँछौँ । घरहरु निर्माणाधीन छ भने रोक्न लगाउने निर्देशन प्राप्त भएको छ । अरू थप निर्णय जे आउँछ हामी सोही अनुसार काम गर्दै जानेछौँ ।’
बहुचर्चित जग्गा घोटला काण्डको रुपमा परिचित सरकारको स्वामित्वको बालुवाटारस्थित ललिता निवासको जग्गा किर्ते गरेर विभिन्न व्यक्तिका नाममा नामसारी भएको थियो । विसं २०४९ सालदेखि २०६९ सालसम्ममा ललिता निवासको जग्गा किर्ते गरी व्यक्तिको नाममा हत्याइएको थियो । यो जग्गा घोटाला प्रकरणमा नेपाल प्रहरीको सीआईबीले अनुसन्धान गरिरहेको भने अदालतमा मुद्दा प्रक्रिया पनि चलिरहेको छ ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution