बिहीबार विष्णु र बृहस्पतिको पूजा: पहेँलो रंग र व्रतले धन
बिहीबार विष्णु र बृहस्पतिको पूजा: पहेँलो रंग र व्रतले धन, विद्या र सुखको प्राप्ति
Chiranjivi Bhandari

काठमाडौँ, २२ साउन — हिन्दू धर्मशास्त्रअनुसार हप्ताको प्रत्येक बार विशेष देवी-देवताका लागि समर्पित हुन्छन्। आज बिहीबार, देवगुरु बृहस्पति र भगवान श्रीहरि विष्णुको पूजा-अर्चना गरिने विशेष दिन हो। शास्त्रमा उल्लेख छ– यस दिन विधिपूर्वक पूजा र व्रत गरेमा धन, संतान र विद्या प्राप्त हुन्छ। साथै, भगवान विष्णुकी अर्धाङ्गिनी महालक्ष्मीको कृपा पनि प्राप्त हुने विश्वास गरिन्छ। पूजाको विधिः बिहीबार बिहान स्नान गरी पहेंलो वस्त्र धारण गर्नु उपयुक्त मानिन्छ। पूजा गर्दा पहेँलो चन्दन, पहेँलो फूल र चनाको दालसहितको प्रसाद तयार पारिन्छ र भगवान विष्णुलाई अर्पण गरिन्छ। यस दिन ‘ॐ गुरवे नमः’ मन्त्रको कम्तीमा