“रविको धरौटी निवेदनमाथि कानुनी प्रहार: न्यायपरिषदमा उजुरी
“रविको धरौटी निवेदनमाथि कानुनी प्रहार: न्यायपरिषदमा उजुरी, आदेश उल्ट्याउने प्रयासको आरोप”
Chiranjivi Bhandari

रुपन्देही — सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको धरौटीमा छुट्ने प्रयास नयाँ कानुनी विवादमा पुगेको छ। अधिवक्ता रमेशबहादुर रावलले सोमबार जिल्ला अदालत रूपन्देहीमा दर्ता भएको लामिछानेको धरौटी निवेदनविरुद्ध न्यायपरिषदमा औपचारिक उजुरी दर्ता गरेका छन्। रावलको उजुरीमा निवेदन दर्ता नै कानूनविपरीत भएको दाबी गर्दै, यसलाई ‘अनुचित प्रभाव पार्ने प्रयास’ तथा ‘मुद्दा लम्ब्याउने उद्देश्य’ भएको आरोप लगाइएको छ। उजुरीमा भनिएको छ, उच्च अदालत र सर्वोच्च अदालतले जारी गरेका आदेश उल्ट्याउने अधिकार जिल्ला अदालतलाई नभएको स्पष्ट हुँदाहुँदै पनि पूरक निवेदन दर्ता गरेर न्यायिक प्रक्रिया नै तोडमोड