• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१२ कार्तिक २०८३, बुधबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गएराति ३२ वर्षीय दाजुले आफ्नै ३० वर्षीय भाइ माथि छुरा गरे प्रहार

२ दिन अघि
२

गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा

१ हफ्ता अघि
३

मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न

१ हफ्ता अघि
४

प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’

१ हफ्ता अघि
५

दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने

१ हफ्ता अघि
६

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी

३ हफ्ता अघि
७

कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी

३ हफ्ता अघि
८

नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो

४ हफ्ता अघि
९

कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा

१ महिना अघि
१०

बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु

१ महिना अघि
११

मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

१ महिना अघि
१२

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

२ महिना अघि

धेरै पढिएका

  • १

    गएराति ३२ वर्षीय दाजुले आफ्नै ३० वर्षीय भाइ माथि छुरा गरे प्रहार

    २ दिन अघि
  • २

    गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा

    १ हफ्ता अघि
  • ३

    मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न

    १ हफ्ता अघि
  • ४

    प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’

    १ हफ्ता अघि
  • ५

    दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने

    १ हफ्ता अघि
  • ६

    नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी

    ३ हफ्ता अघि
  • ७

    कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी

    ३ हफ्ता अघि
  • ८

    नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो

    ४ हफ्ता अघि
  • ९

    कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा

    १ महिना अघि
  • १०

    बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु

    १ महिना अघि
  • अमेरिकी दूतावासलाई लेखेको पत्रले उपसभामुख गम्भीर विवादमा

    CB Nepal२ साल अघि

    ३ साउन, काठमाडौं । पार्टी र संसद् सचिवालयसँग असम्बन्धित मानिसलाई भिसाको लागि अन्तर्वार्ताको मिति मिलाइदिन भन्दै अमेरिकी दूतावासमा लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख इन्दिरा राना विवादमा परेकी छन् ।

    उपसभामुख रानाले आफ्नो टोलीको सदस्य भन्दै ५ जनाको अन्तर्वार्ताको समय अगाडि सारिदिन काठमाडौंस्थित अमेरिकी दूतावाससँग ताकेता गरेको पाइएको हो ।

    आफ्नो लेटरहेड प्रयोग गरी भिसाका लागि अन्तर्वार्ताको समय मिलाइदिन उनले आग्रह गरेकी छिन् । आफूसँगै अन्य पाँच जना पुरुषलाई भिसाका लागि सिफारिश गरेकी उपसभामुखले उनीहरु के भूमिकामा कार्यरत छन् भन्ने कुरा न चिठीमा खुलाएकी छन् न त अहिले चिठी सार्वजनिक भएपछि ।

    सभामुख देवराज घिमिरेले विषय गम्भीर भएको बताएका छन् । उपसभामुख रानाले भने एक वर्ष पछाडि यो विषय किन उठाएको बुझ्न नसकेको प्रतिक्रिया दिएकी छन् ।
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद राना ७ माघ २०७९ मा उपसभामुख निर्वाचित भएकी थिइन् । अर्को महिना फागुनमा उनी यूएन वुमनको सीएसडब्लू ६७ (मार्च ६ देखि १७) मा सहभागी हुन अमेरिका गएकी थिइन् । महिलासँग सम्बन्धित कार्यक्रममा उनले किन पुरुषै पुरुषमात्र छानेर पठाउन खोजिन् भन्ने प्रश्नसमेत रहस्यमय देखिन्छ ।

    उनले १४ फागुन (२६ फेब्रुअरी) मा दूतावासलाई लेखेको पत्रमा भनिएको छ, ‘म अनुरोध गर्न चाहन्छु कि सांसद र मेरा सहयोगी सदस्यहरूसँगै म पनि सँगै अन्तर्वार्ताको समय लिन चाहन्छु । किनभने कार्यक्रमको तालिका पनि निकट आइसकेको छ ।’

    आफूसहित ६ जनाकै लागि यो कार्यक्रम असाध्यै महत्वपूर्ण भएको भन्दै उनले पत्रमा अघि लेखेकी छन्, ‘राष्ट्रसंघको निम्तोलाई म हृदयदेखि आभार व्यक्त गर्दछु र तपाईंको समन्वयमा आशावादी छु ।’

    रास्वपामा गुपचुप

    रास्वपा नेताहरूका अनुसार उपसभामुखले अमेरिकी दूतावासलाई लेखेको पत्रबारे पार्टीमा कुरा उठेको थियो । संगठन विभागका सचिव शंकर श्रेष्ठले सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले लगायत नेताहरूलाई यसबारे जानकारी गराएका थिए ।

    त्यसपछि उपसभामुख रानालाई सोध्दा रास्वपा झापाका नेता उपेन्द्र गौतमलाई मात्र आफूले चिनेको र उनले भने अनुसार पत्र लेखेको उनको जवाफ थियो । उनीहरुको पासपोर्ट नम्बरका आधारमा अध्यागमन विभाग (त्यसबेला रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री थिए) मार्फत अमेरिका गए नगएको हेरिएको थियो । सोधखोज हुन थालेपछि उनीहरु अमेरिका नगएको खुल्यो ।

    पार्टीले उपसभामुखको पत्रमा उल्लेख गरेका व्यक्तिबारे झिकाएर छलफल गर्न खोजेको थियो । तर उनीहरुले हाम्रो पैसा फिर्ता भइसक्यो भन्दै आउन अस्वीकार गरेपछि यो विषय गुपचुप रह्यो । ‘एक वर्षसम्म पैसा फिर्ता नगरेपछि उनीहरु पार्टीमा भन्न आएका रहेछन्’ एक नेता भन्छन्, ‘पैसा फिर्ता भयो, हामी बयान दिंदैनौं भनेपछि यतिकै सकियो ।’

    पत्र चुहिएपछि विवाद

    उपसभामुखले अमेरिकी दूतावासलाई लेखेको पत्र झण्डै १७ महिनापछि हालै मात्र सार्वजनिक भयो । आफ्नो टिमको सदस्य भन्दै भिसाका लागि लिने पत्रबारे सभामुख देवराज घिमिरेले चासो राखेका छन् ।

    उनले सुरुमा उपसभामुखलाई सोधेका थिए, रानाले आफूले पत्र नलखेको दाबी गरिन् । ‘यदि हस्ताक्षर दुरुपयोग भएको हो भने किर्तेमा जानुस्, पत्र गलत भए सार्वजनिक गर्ने सञ्चारमाध्यम विरुद्ध प्रेस काउन्सिलमा उजुरी दिन भनेका थियौं’ सभामुख निकट स्रोतले भन्यो, ‘तर उहाँले केही गर्नुभएन ।’

    सार्वजनिक रुपमै प्रश्न उठेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले सभामुखसँग चासो राखेका थिए ।

    संसद्को क्यालेन्डरबारे छलफल गर्न सभामुखले बिहीबार प्रमुख सचेतक र सचेतकहरूलाई बोलाएका थिए । त्यो छलफलपछि प्रमुख सचेतक परियारले सभामुखलाई भेटेर ‘यो विषय र प्रक्रिया के हो’ भनेर सोधेका थिए । सभामुख घिमिरेले आफूलाई विस्तृत थाहा नभएको, तर विषय गम्भीर रहेको बताएका छन् ।

    स्रोतका अनुसार उपसभामुखको पत्रबारे उच्च राजनीतिक नेतृत्वले समेत चासो देखाएका छन् । सत्तारुढ दलका एक नेताका अनुसार यो विवाद यत्तिकै नटुंगिन सक्छ, किनकि उपसभामुखको संवैधानिक परिषद्को सदस्य हुने व्यवस्था छ ।

    राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले तीन दिन अगाडि आफूकहाँ उजुरी आएको र यसबारे सभामुख तथा संसद्का महासचिवसँग छलफल गरेको बताए । यो उपसभामुखसँँगै रास्वपाका लागि प्रश्न भएको बताए ।

    पत्र लेखेको हुँ, गलत नियत छैन

    उपसभामुख रानाले भने आफूले अमेरिकी दूतावासलाई पत्र लेखेको स्वीकार गरेकी छन् । उनका अनुसार उपसभामुख भएपछि कोही परियोजना माग्ने आउँथे, कोही सिफारिश । त्यसक्रममा चिनजानका (रास्वपा झापाका नेता) उपेन्द्र गौतम अमेरिकी दूतावासले लिने अन्तर्वार्ताका लागि समय सार्न पत्र लेखिदिन आग्रह गर्दै आए ।

    ‘मैले सिफारिश गरेको होइन, प्रि डेटका लागि यो कार्यक्रममा जाने हो भनेर पत्र लेखेको हुँ’ उनले अनलाइनखबरसँग भनिन्, ‘म आफैं जाने कार्यक्रम थियो । नेपालीहरू पनि जान पाउँदा केही सिक्लान् भन्ने मात्र सोचें।’

    तर डेढ वर्ष पछाडि पत्र सार्वजनिक गरेर अहिले किन प्रश्न उठाइँदैछ भन्ने आफूले नबुझेको उनले बताइन् । उपसभामुखका रुपमा राम्रै काम गरेको छु जस्तो आफूलाई लागेको भन्दे उनले भनिन्, ‘अहिले राजनीतिक संकट छ । संकटकै बेला डेढ वर्ष अघिको विषय किन उठाएको हो, मैले बुझ्न सकेको छैन ।’ अनलाइनखबर साभार

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • गएराति ३२ वर्षीय दाजुले आफ्नै ३० वर्षीय भाइ माथि छुरा गरे प्रहार
  • गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा
  • मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न
  • प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    गएराति ३२ वर्षीय दाजुले आफ्नै ३० वर्षीय भाइ माथि छुरा गरे प्रहार
    २ दिन अघि

  • २

    गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा
    १ हफ्ता अघि

  • ३

    मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न
    १ हफ्ता अघि

  • ४

    प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’
    १ हफ्ता अघि

  • ५

    दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने
    १ हफ्ता अघि

  • ६

    नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी
    ३ हफ्ता अघि

  • ७

    कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी
    ३ हफ्ता अघि

  • ८

    नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो
    ४ हफ्ता अघि

  • ९

    कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा
    १ महिना अघि

  • १०

    बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु
    १ महिना अघि

  • अन्य सबै
    ९ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १0 महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ११ महिना अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution