


काठमाण्डौ ६ असोज । त्रिपुरेश्वरमा बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु भएको छ । मुलपानीबाट थानकोटतर्फ जाँदै गरेको बा ५ ख ४२७४ नम्बरको ऋद्धिसिद्धि यातायातको बसमा आगलागी हुँदा २५ वर्षीय लामा गम्भीर घाइते भएका थिए । उनको शरीरको ९० प्रतिशतभन्दा बढी भाग जलेको थियो ।
आगलागीपछि तत्काल उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पुर्याइएका लामाको गएराति उपचारकै क्रममा मृत्यु भएको अस्पतालकी डाइरेक्टर निजिना ताम्राकारले जानकारी दिइन् ।
घटना हुनुभन्दा केही मिनेटअघि राति १२ः३७ बजे लामाको ट्राफिक प्रहरीसँग विवाद भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । त्यसपछि बसमा आगलागी भएको प्रहरीले जनाएको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–सिस्नेरीका लामा पछिल्लो समय कोटेश्वरमा बस्दै आएका थिए । उनी ६–७ वर्षदेखि सवारी चालकका रूपमा कार्यरत थिए भने पछिल्लो ३–४ महिनादेखि ऋद्धिसिद्धि यातायातमा बस चलाउँदै आएका थिए ।
घटनाको कारण र आगजनीको पृष्ठभूमिबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution