


काठमाण्डौ, १४ असोज । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो, देउवा समूहले असोज १५ गते वडा अधिवेशन, असोज २० गते गाउँ तथा नगरपालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मङ्सिर ४ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका बनाएर सार्वजनिक गरेको छ ।
आयोगले पसिन देउवा समूहको महाधिवेशनको कार्यतलिकाबारे पत्र मंगलबार पत्र प्राप्त भएको जानकारी दिएको छ । पत्रमा असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरी मङ्सिर २१ गतेदेखि केन्द्रीय महाधिवेशन गर्ने विवरण उल्लेख छ ।
निवर्तमान सभापति शेरबहादुर देउवा समूहको आफूले नेपाली कांग्रेसले पार्टीको १५ औँ महाधिवेशन गर्न तय गरेको कार्यतालिका निर्वाचन आयोगलाई जानकारी गराएको छ । देउवाको हस्ताक्षर रहेको पत्र मंगलबार निर्वाचन आयोगमा बुझाइएको र आयोगमा दर्ता भएको नेता एनपी साउदले रातोपाटीलाई जानकारी दिए ।
त्यसपछि मङ्सिर २१ देखि २३ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका समूहले बाहिर ल्याएको छ । कांग्रेसभित्र समानान्तर रूपमा फरक–फरक महाधिवेशन प्रक्रिया अगाडि बढाइएको छ । संस्थापनले यसअघि असोज १८ गतेदेखि १५ औँ महाधिवेशन गर्दैछ । त्यस विरुद्ध देउवा समूहले छुट्टै महाधिवेशन गर्न लागेको हो । कांग्रेसमा आधिकारिकताका विषयमा विवाद छ ।








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution