


काठमाण्डौ १६ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित क्षेत्रीय अधिवेशनको मतदान प्रक्रिया अघि बढाउने तयारी गरिएको छ। क्षेत्रीय कार्यसमितिले बुधबार जारी गरेको सूचनामा सामान्य विवादका कारण अधिवेशन स्थगित भएपछि प्रतिनिधिहरूलाई परेको असुविधाप्रति क्षमायाचना गर्दै मतदान प्रक्रिया असोज १६ गतेभित्र सम्पन्न गर्नुपर्ने जानकारी गराइएको छ।
क्षेत्रीय सभापति आइतम तामाङद्वारा जारी सूचनामा पार्टीको केन्द्रीय नेतृत्वसँग छलफल तथा सहमतिपछि मतदान प्रक्रिया अघि बढाउने र निर्वाचन समितिले सार्वजनिक गर्ने कार्यतालिकाअनुसार मतदानमा सहभागी हुन क्षेत्रीय प्रतिनिधिहरूलाई आग्रह गरिएको छ।
यसअघि सिन्धुपाल्चोक–२ को क्षेत्रीय अधिवेशनमा मतदान अधिकृतको हस्ताक्षर नभएका मतपत्र प्रयोग भएको विषयमा विवाद उत्पन्न भएपछि निर्वाचन प्रक्रिया स्थगित भएको थियो। विवादपछि मतदान प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा छलफल भइरहेको समाचारहरू सार्वजनिक भएका छन्।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पनि वर्षाका कारण प्रभावित क्षेत्रीय अधिवेशनहरूलाई स्थानीय परिस्थिति हेरी असोज १३ गतेभित्र सम्पन्न गर्ने व्यवस्था गर्न निर्देशन दिएको थियो।
क्षेत्रीय कार्यसमितिले जारी गरेको सूचनामा क्षेत्रीय प्रतिनिधिहरूलाई निर्वाचन प्रक्रियामा उपस्थित भई मतदान गर्न विशेष अनुरोध गरिएको छ।








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution