आइतबारको विशेष उपाय: सूर्य देवको कृपाका लागि आज यस्तो मन्त्र जप्नुहोस्
आइतबारको विशेष उपाय: सूर्य देवको कृपाका लागि आज यस्तो मन्त्र जप्नुहोस्
Chiranjivi Bhandari
काठमाडौं — हप्ताको पहिलो दिन आइतबारलाई हिन्दू धर्ममा सूर्य देवताको दिनका रूपमा विशेष महत्व दिइन्छ। ज्योतिष शास्त्र अनुसार हरेक दिन कुनै न कुनै ग्रहसँग सम्बन्धित हुन्छ, र आइतबार सूर्यग्रहसँग जोडिएको दिन हो। यस दिन विशेष मन्त्र, पूजा र अर्घ्य अर्पण गर्नाले जीवनमा सकारात्मक ऊर्जा, स्वास्थ्य, सम्मान र सफलता प्राप्त हुने विश्वास गरिन्छ। विशेषतः ब्रह्ममुहूर्तमा उठी नुहाएर सूर्यलाई अर्घ्य दिनु शुभ मानिन्छ। यसको लागि तल उल्लेखित मन्त्रहरू जप्दै सूर्यलाई जल चढाउने चलन छ: सूर्य अर्घ्य मन्त्र: > ॐ ऐही सूर्यदेव सहस्त्रांशो तेजो राशि जगत्पते। अनुकम्पय मां भक्त्या गृहणार्ध्य दिवाकरस्।। ॐ सूर्याय






