हिन्दू मन्दिरको रहस्य : मन्दिर किन बनाइन्छ ? इतिहास र ऊर्जा विज्ञानसँग जोडिएको गहिरो कथा
हिन्दू मन्दिरको रहस्य
Chiranjivi Bhandari
sbnepal.com | विशेष रिपोर्ट हिन्दू धर्ममा मन्दिरको भूमिका केवल धार्मिक मात्र होइन, आध्यात्मिक, सांस्कृतिक र ऊर्जामूलक पनि छ। तर मन्दिरको सुरुवात कहिले र किन भयो ? के प्राचीन हिन्दूहरूले मन्दिरमा मूर्ति पूज्न गर्थे ? यसबारे आज हामी गहिरो विश्लेषण गर्दैछौं। वैदिक काल : न मन्दिर थियो, न मूर्ति पूजा वैदिक समाजमा देवता निराकार थिए। ऋषिमुनिहरू वनको आश्रममा वेदी निर्माण गरी यज्ञ गर्थे। एउटै वेदीमा बसेर ईश्वरप्रति भक्ति व्यक्त गर्थे। शिवलिंगको पूजा यद्यपि त्यो कालदेखि नै प्रचलित थियो। त्यसपछि नाग, यक्ष, ग्रह, पितृ र स्थानदेवताको पूजा प्रचलनमा आयो। मूर्तिपूजा कसरी सुरु






