कैलालीमा विष खुवाएर शिक्षकको हत्या
कैलालीमा विष खुवाएर शिक्षकको हत्या, तीन जना पक्राउ
Chiranjivi Bhandari
५ साउन, काठमाडौं – कैलालीमा एक शिक्षकको विष खुवाएर हत्या गरिएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा टीकापुर नगरपालिका–१ का ३६ वर्षीय लोकेन्द्र रावल, जानकी गाउँपालिका–९ अमरावतीका ३४ वर्षीय सुनिल रावल, र टीकापुरकै चारकठ्ठा निवासी ३२ वर्षीय वीरेन्द्र हमाल रहेका छन्। कैलाली प्रहरी प्रवक्ता डीएसपी राजकुमार सिंहका अनुसार, उनीहरूलाई ४५ वर्षीय शिक्षक जगदीश पन्तको हत्या आरोपमा पक्राउ गरिएको हो। पन्तका परिवारले विष खुवाएर हत्या गरिएको आशंका गर्दै जाहेरी दिएका थिए। शिक्षक पन्त जानकी गाउँपालिका–४ स्थित जनता माध्यमिक विद्यालयमा अध्यापन गर्दै आएका थिए। शनिबार दिउँसो उनी शंकास्पद अवस्थामा






