रेखा थापा पशुपतिमा: “साउन महिना हृदय शुद्ध पार्ने आध्यात्मिक मौसम हो”
रेखा थापा पशुपतिमा: “साउन महिना हृदय शुद्ध पार्ने आध्यात्मिक मौसम हो”
Chiranjivi Bhandari
काठमाडौं — अभिनेत्री रेखा थापाले साउन महिनालाई आत्मा र हृदय शुद्ध पार्ने अवसरको रूपमा लिनुपर्ने बताएकी छन्। साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा आयोजित “पशुपति मनोकामना पूर्ति तथा संकट मोचन महायज्ञ” मा सहभागी हुँदै उनले साउन महिनाको आध्यात्मिक महत्त्वबारे विचार राखेकी हुन्। सामाजिक सञ्जालमा देखिने ग्ल्यामर र अभिनयभन्दा पर गएर रेखाले पशुपतिनाथ मन्दिरमा आध्यात्मिक प्रवचन दिँदै भनिन्, “साउन महिना हाम्रो मन र आत्मा चिन्ने मौका हो। हामीले आफूलाई रूपान्तरण गर्ने र हृदय पखाल्ने विशेष समय हो यो।” उनले साउन महिनालाई धार्मिक आँखाबाट मात्र नभई जीवन परिमार्जन गर्ने मौसमको रूपमा समेत लिनुपर्नेमा






