भीम रावलको व्यङ्ग्यात्मक घोचाइ: “ओलीजी
भीम रावलको व्यङ्ग्यात्मक घोचाइ: “ओलीजी, अब त सुत्दाको समय पनि उमेरबाट घटाउने?”
Chiranjivi Bhandari
५ साउन, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा तोकिएको ७० वर्षे उमेर सिमा हटाउन चाहेको प्रस्ताव मात्र हैन, जेलमा बसेको समय उमेर गणनाबाट छुट गर्नुपर्ने तर्क पनि अघि सारेपछि, पार्टीभित्रै चर्का व्यङ्ग्यका आवाजहरू उठ्न थालेका छन्। एमाले छाडेका वरिष्ठ नेता भीम रावलले ओलीको प्रस्तावलाई चर्को व्यङ्ग्य गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, “ओलीजीको अतृप्त पद र सत्ता भोक शान्त पार्न, अब त राजनीतिमा आउनुअघिको बाल्यकाल, सुतेको समय र बिरामी भएर नाजानिएको अवधि पनि उमेरबाट घटाउने कि?” ओलीले केही दिनअघि एमालेभित्र ७० वर्षे उमेर हद हटाउने विषयमा सुझाव दिंदै भनेका






