आगामी निर्वाचनमा एमालेलाई बहुमत ल्याउन कसैले रोक्न सक्दैन : ओलीको दाबी
आगामी निर्वाचनमा एमालेलाई बहुमत ल्याउन कसैले रोक्न सक्दैन : ओलीको दाबी
Chiranjivi Bhandari
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी संघीय निर्वाचन (विक्रम संवत २०८४) मा आफ्नो पार्टीलाई बहुमत प्राप्त हुने स्पष्ट दाबी गरेका छन्। सोमबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी एकता र सङ्गठिततामार्फत देशभर व्यापक जनसमर्थन बटुल्ने विश्वास व्यक्त गरे। उनले भने, ‘पार्टीमा एकताबद्ध र एकढिक्का भएर अघि बढ्ने हो भने २०८४ मा हामीलाई बहुमत ल्याउन कसैले रोक्न सक्दैन, छेक्न सक्दैन।’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार ओलीले विगतमा आफूविनाको एमाले र एमाले विनाको नेपाल सम्भव छ भन्ने भनाइहरुलाई






