आज नागपञ्चमी: घरको ढोकामा नागको चित्र टाँसी नाग देवताको पूजा गरिँदै
आज नागपञ्चमी: घरको ढोकामा नागको चित्र टाँसी नाग देवताको पूजा गरिँदै
Chiranjivi Bhandari
काठमाडौं — आज श्रावण शुक्ल पक्षको पञ्चमी तिथि, नागपञ्चमी पर्व देशभर श्रद्धा र भक्तिसाथ मनाइँदैछ। साउन महिनामा मनाइने यो विशेष पर्वमा हिन्दू धर्मावलम्बीहरूले नाग वा सर्पलाई देवताको रूपमा पूजा गर्ने परम्परा छ। नागपञ्चमीको दिन विशेषगरी घरको मूल ढोकामा नागको चित्र टाँस्ने चलन छ। साथै, उत्तर दिशातर्फ नागको शिर सम्झी पूजा गर्दा वर्षभर सर्प, नाग र बिच्छीको भय नहुने धार्मिक विश्वास रहिआएको छ। यस दिन नागदेवताको पूजा गर्दै दूध, अक्षता (चामल), दुग्ध, तिल र कुश अर्पण गरिन्छ। नागपञ्चमीलाई विशेषगरी विषबाट रक्षा गराउने दिनका रूपमा समेत लिइन्छ। साथै आजका दिन आठवटा प्रमुख






