आफैं भने जीवन गुमाइन् — शिक्षिका महरीन चौधरीको बलिदान आज सम्पूर्ण मानवताको प्रेरणा
शिक्षिका महरीन चौधरीको बलिदान आज सम्पूर्ण मानवताको प्रेरणा
Chiranjivi Bhandari
धुवाँले भरिएको कक्षाबाट २० बालबालिकालाई बचाइन्, आफैं भने जीवन गुमाइन् — शिक्षिका महरीन चौधरीको बलिदान आज सम्पूर्ण मानवताको प्रेरणा बंगलादेशको राजधानी ढाका। माइलस्टोन स्कूल एन्ड कलेजमा पढाइ चलिरहेकै बेला अचानक आकाशबाट एउटा लडाकु विमान विद्यालयको छानामा ठोक्कियो। केही सेकेन्डमै आगोले विद्यालयलाई घे-र्यो, र सयौं बालबालिका आतंकित हुँदै इधर-उधर दौडन थाले। यति नै बेला, शिक्षिका महरीन चौधरी आफ्नो ज्यानको पर्वाह नगरी नानीहरूको ज्यान जोगाउन भिडिन्। “यी पनि मेरै छोराछोरी हुन्,” भन्ने भावनाले उनले कम्तीमा २० बालबालिकाको ज्यान बचाइन्। बच्चाहरूलाई एकपछि अर्को गर्दै कक्षा बाहिर निकालिन्। जब अन्तिम बच्चा बाहिर पुग्यो, तब





