ओझेलमा बुद्धको मावली – मर्चवारको ऐतिहासिक ‘देवदह’ पुरातात्विक खोजको प्रतीक्षामा
ओझेलमा बुद्धको मावली – मर्चवारको ऐतिहासिक ‘देवदह’ पुरातात्विक खोजको प्रतीक्षामा
Chiranjivi Bhandari
रुपन्देहीको मर्चवारी–२ अमवास्थित ‘सगरा’ नामक प्राचीन पोखरी र आसपासका स्थललाई स्थानीय र इतिहासकारहरूले बुद्धको मावली प्राचीन देवदह (कोलियग्राम) भएको दाबी गरेका छन्। बौद्ध विद्वान, इतिहासकार र अनुसन्धानकर्ताले प्रस्तुत पुरातात्विक प्रमाण, भूगोल र किंवदन्तीले यसलाई मायादेवीको जन्मभूमि र कोलीय सभ्यताको केन्द्रको रूपमा चित्रित गरेका छन्। इतिहासका साक्षी – १६ सय वर्षअघि आएका चिनियाँ तीर्थयात्री फाहियानदेखि १९औं शताब्दीका अनुसन्धानकर्ता एलेक्जेण्डर कनिङ्घम र फ्रान्सिस बुकानन–ह्यामिल्टनसम्म सबैले यस भूभागको महत्व उल्लेख गरेका छन्। बुकाननको नक्सा र पुराना ग्रन्थहरूमा लुम्बिनीबाट ११ मील पूर्व र रोहिणी (दानव) नदी नजिक रहेको अमकोहिललाई देवदहसँग जोडिएको पाइन्छ। स्थानीय प्रमाण






