कक्षा १० का विद्यार्थीहरूका लागि खुशीको खबर! सामाजिक अध्ययनको पाठ्यक्रम अब अझ सजिलो बन्ने
कक्षा १० का विद्यार्थीहरूका लागि खुशीको खबर! सामाजिक अध्ययनको पाठ्यक्रम अब अझ सजिलो बन्ने
Chiranjivi Bhandari
काठमाडौं, साउन ८ – माध्यमिक शिक्षा परीक्षा (SEE) मा सबैभन्दा बढी NG (Not Graded) ल्याउने विषय सामाजिक अध्ययनमा अबदेखि पाठ्यक्रम नै परिवर्तन गरिने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड र पाठ्यक्रम विकास केन्द्रको पहलमा सामाजिक अध्ययन विषयलाई विद्यार्थीमैत्री बनाउने गरी पाठ्यक्रम परिमार्जन गर्ने तयारी गरिएको हो। शैक्षिक सत्र २०८२/८३ देखि लागू हुने गरी नयाँ ढाँचामा अझ सजिलो, बुझ्न सकिने र व्यवहारिक आधारमा सामाजिक अध्ययन पढाइनेछ। किन गरियो पाठ्यक्रम परिवर्तन? हालको पाठ्यक्रम विद्यार्थीहरूका लागि कठिन र बझिलो भएको गुनासो आइरहेका बेला बोर्डले NG दर न्यूनीकरण गर्ने मुख्य उद्देश्य सहित विषयमा परिवर्तन






