भक्तजनका लागि विशेष व्यवस्था
आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था
Chiranjivi Bhandari
काठमाडौं । हरितालिका तीजको अवसरमा भक्तजनलाई सहज दर्शन होस् भनेर आज बिहान ३ बजेदेखि श्रीपशुपतिनाथ मन्दिरका चारै ढोका खुला गरिएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार दर्शनमार्गमा सुरक्षादेखि स्वास्थ्य सेवा, स्वयंसेवक, जुत्ता–चप्पल कक्ष, चन्दन–प्रसाद वितरण, भजन–कीर्तन, दीपावली, गौदान स्थानजस्ता आवश्यक व्यवस्थाहरू गरिएको छ । भक्तजनको भीड व्यवस्थापनका लागि चार वटा प्रवेश लाइन तोकिएका छन् — गौरीघाट, मित्रपार्क, पिङ्गलास्थान र तिलगङ्गा मार्ग हुँदै भक्तजन मन्दिर परिसर प्रवेश गर्नेछन् । मन्दिरभित्र आठवटा लामको व्यवस्था गरिएको छ । श्रीयन्त्र पूजाको समयमा पनि जालीमार्फत बाहिरबाटै दर्शन गर्ने सुविधा मिलाइएको छ । साथै, बहुमूल्य





