हप्ताभरि सफलता साथ दिनेछ!
आज आइतबार यी काम गर्नुहोस्, हप्ताभरि सफलता साथ दिनेछ!
Chiranjivi Bhandari
काठमाडौं — आज आइतबार, साताको पहिलो दिन। हिन्दू धर्मशास्त्र र ज्योतिष शास्त्रका अनुसार आइतबारका दिन गरिएका शुभ कार्यहरूले हप्ताभर सफलता, उर्जा र सकारात्मकता प्रदान गर्ने विश्वास रहिआएको छ। विशेष गरी सूर्य भगवानको पूजा–अर्चना आजको दिन अत्यन्त लाभदायक मानिन्छ। धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएअनुसार सूर्यदेवलाई अर्घ्य दिएर दिनको शुरुवात गर्नाले जीवनमा यश, स्वास्थ्य र आर्थिक प्रगति प्राप्त हुन्छ। सूर्यको कृपा प्राप्त गर्ने ५ प्रभावकारी उपाय प्रातःकाल स्नान गरेर सूर्यलाई अर्घ्य दिनुहोस् स्नान नगरी जल चढाउन नहुने मान्यता छ। तामाको लोटामा जल, अक्षता, रातो फूल र रातो खुर्सानीको २–३ दाना राखेर पूर्व दिशा





