९ वर्षको प्रेमपछि रोनाल्डो र जर्जिना वैवाहिक यात्रातर्फ
९ वर्षको प्रेमपछि रोनाल्डो र जर्जिना वैवाहिक यात्रातर्फ, सगाईको घोषणा सामाजिक सञ्जालमार्फत
Chiranjivi Bhandari
काठमाडौं, साउन २७ — पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नी दीर्घकालीन प्रेमिका जर्जिना रोड्रिगेजसँग विवाह गर्ने तयारी पक्का गरेका छन्। नौ वर्षको प्रेम यात्रापछि उनीहरूले अन्ततः सगाईको घोषणा गरेका हुन्। ३१ वर्षीया जर्जिनाले सामाजिक सञ्जालमा औंलामा चम्किएको ठुलो औंठीको फोटो पोस्ट गर्दै स्पानिस भाषामा विवाहप्रतिको उत्साह व्यक्त गरेकी छिन्। रोनाल्डोले भने यस विषयमा औपचारिक प्रतिक्रिया दिएका छैनन्। रोनाल्डो र जर्जिना पहिलोपटक मड्रिडको गुच्ची पसलमा भेटिएका थिए, जहाँ जर्जिना बिक्री सहायकको रूपमा काम गर्थिन् र रोनाल्डो रियल मड्रिडका लागि खेलिरहेका थिए। हाल साउदी क्लब अल–नासरका खेलाडी रोनाल्डोका पाँच सन्तान छन्, जसमा





