आइतबार जन्मिएका व्यक्तिहरूको भाग्य: नेतृत्व
आइतबार जन्मिएका व्यक्तिहरूको भाग्य: नेतृत्व, आत्मविश्वास र सफलताको संकेत!
Chiranjivi Bhandari

काठमाडौं । हिन्दू ज्योतिष शास्त्रअनुसार मानिसको जन्म मिति, बार, नक्षत्र र समयले उसको स्वभाव, सोच, जीवनशैली र भाग्य निर्धारण गर्छ । त्यसैअनुसार आइतबार जन्मिने मानिसहरू सूर्यदेवको प्रभावमा रहने भएकाले विशेषत: नेतृत्वदायी स्वभाव, उर्जा, आत्मविश्वास र महत्वाकांक्षाले भरिएका हुन्छन्। जसरी सूर्य सबै ग्रहहरूको राजा मानिन्छ र सम्पूर्ण सृष्टिलाई प्रकाश, ऊर्जा र जीवन प्रदान गर्छ, त्यसैगरी आइतबार जन्मिने मानिसहरूसँग पनि अरूको जीवनमा प्रभाव पार्ने शक्ति रहन्छ। उनीहरू जहाँ पुग्छन्, त्यहाँ आफ्नै प्रकारको तेज बिखेरिरहेकै हुन्छन्। स्वभाव र व्यक्तित्व आइतबार जन्मिने व्यक्तिहरू स्वभावतः साहसी, आत्मबलले भरिएका, रिस उठ्दा केही कठोर निर्णय गर्नसक्ने, तर